काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी क्षेत्रका लागि कृषि औजार कारखानादेखि निर्माणदेखि, दुग्ध सहकारीलाई रेफ्रिजेनेरेटर भ्यान वितरण, कृषि सहकारीलाई कोल्ड च्याम्बर विततरण, सहकारी महलाई अनुदानलगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि विकास मन्त्रालय तथा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट खर्च हुनेगरी कार्यक्रम बाडफाड गरेको छ । कृषि मन्त्रालय अन्र्तगत सहकारी निजी क्षेत्रको साभेदारीमा कृषि औजार कारखाना स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । यसैगरी सहकारी डेरी मार्ट स्थापना गर्न ५० लाख, एक सहकारी एक मिल्क एनलाइजर वितरण गर्न ५० लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै दैनिक ५० हजार लिटर दुध संकलन गर्ने सहकारीहरु ढुवानी गर्ने रेफ्रिजेनेरेटर भ्यानका लागि २ करोड, ५ विगाहा भन्दा बढिमा खेती गर्ने सहकारी, कृषक समूहलाई कोल्ड चेम्बर वितरण गर्न एक करोड ५० लाख, सहकारी मोडलमा संचालित चिस्यान भण्डारलाई विद्युत महशुल छुट दिन ३६ लाख, सहकारी र निजी क्षेत्रको समन्वयमा हाइब्रिड ड्रायर वितरण गर्न ५० लाख छुट्याएको छ ।
सहकारीमार्फत संकलन हुने महमा अनुदान दिने कार्यक्रम अघि बढाउने भएको छ । सहकारीको समन्वयमा संकलन भएको महमा प्रतिकेजी ५० रुपैयाँ अनुदान दिनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत खर्च गर्नेगरी स्थानिय तहका सहकारी शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमका लागि ४५ लाख रुपैयाँ छुट्याएको छ ।
आधारभुत ब्यवस्थापन र लेखापालन तालिमका लागि १५ लाख, सहकारीसँगको लागत साझेदारीमा लेखापालन तालिमका लागि ३१ लाख २० हजार, पल्स मनिटरिङ तथा अनुगमन तालिमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी संघिय सरकारको कोपोमिसमा तथ्यांक राख्नका लागि समेत बजेट विनियोजन गरेको छ । जअनुसार सहकारी ब्यवस्थापन सूचना प्रणालीमा तथ्यांक प्रविष्ट २१ लाख, प्रदेशका सहकारीको तथ्यांक संकलन तथा प्रकाशन गर्न १० लाख, सहकारीसम्बन्धी सचेतनामूलक श्रब्यदृश्य तयारी, प्रकाशन तथा प्रशारण गर्न १० लाख र जिल्लास्तरिय अन्र्तक्रिया कार्यक्रमका लागि १८ लाख छुट्याइएको छ ।
बजेटमा सहकारीको अभिलेख राख्न छुट्टै सफ्टवेयर बनाउने घोषणा गरेको प्रदेश सरकारले सहकारी सफ्टवेयर निर्माण तथा अध्यावधीका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी मन्त्रालय मातहत अन्र्तगत रहेको सहकारी प्रशिक्षालय चितवनमा संचालन हुने विभिन्न तालिमका लागि समेत बजेट छुट्याइएको छ ।
६ दिने आधारभुत सहकारी ब्यवस्थापन तालिमका लागि ३६ लाख, पल्स तालिम र तालिम दिएका सहकारीको निरिक्षणका लागि १२, आधारभुत लेखापालन तालिमका लागि ४० लाख र सिप बिकास तथा व्यवसायीक प्रवद्र्धन तालिम १० लाख ५० हजार बजेट छुट्याइएको छ ।
Leave a comment