साढे तीन सय सहकारी मात्र गोएमएलमा ( नामावली सहित )

साढे तीन सय सहकारी मात्र गोएमएलमा ( नामावली सहित ) :: Sahakari Akhabar

काठमाडौं । सरकारले १० करोड भन्दा बढि कारोबार गर्ने सहकारीहरुलाई सम्पति शुद्धिकरण निवारणका लागि गोएएमएल प्रणालीमा आवद्ध हुन अनिवार्य गरेपनि साढे तीन सय संस्थाहरु मात्र यसमा आवद्ध भएको पाइएको छ ।

विभागले २०७७ पुसमा निर्देशन जारी गर्दै १० करोडभन्दा बढि कारोबार भएका सहकारी संस्थाहरुलाई वित्तीय जानकारी इकाइको गोएमएल सफ्टवेयरमा आवद्ध भई सिमा र शंकास्पद कारोबारको रिपोटिङ गर्न निर्देशन दिएको थियो ।

१० करोडभन्दा बढिको कारोबार गर्ने सहकारीहरु तीन हजारको हाराहारीमा भएपनी हालसम्म तीन सय ३७ सहकारीहरु मात्र गोएएमएलमा आवद्ध भएको वित्तीय जानकारी इकाईले जनाएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्सलगायतका कम्पनीहरुलाई गोएएमएलमा आवद्धता अनिवार्य भएपनि सहकारीको हकमा भने १० करोड भन्दा बढि कारोबार गर्ने संस्थाहरुलाई मात्र अनिवार्य गरिएको छ ।

विभागले लगातार ताकेता गरेपनि यसलाई कार्यान्वयन गर्न सहकारीहरुले अटेरी गरेको रजिष्ट्रार रुद्र प्रसाद पण्डितले बताए । गोएमएलमा आवद्ध नहुने सहकारीहरुलाई पनि इकाईले जेठ एक गतेबाट भने गोएमएल सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्ने व्यवस्था गरेको छ ।

जसमा सिमा कारोबारको सूचना एक्सल र्फम्याटमा र शंकास्पद कारोबारको सूचना वर्ड, पिडिएफ र्फम्याटमा पठाउन सक्ने व्यवस्था गरिएको छ । सम्पति शुद्धिकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक÷पटक गरेर एक दिनमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेमा सिमा कारोबार अन्र्तगत सूचना केन्द्रमा पठाउनुपर्छ ।

यस्तै जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद लागेमा त्यसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था छ । तर, सहकारीले निर्देशनहरु पालना नगरेको भन्दै गत आवमा विभागले आधा दर्जन भन्दा बढि संस्थाहरु कारवाही गरेको थियो ।

नामावलीको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

/assets/back/dist/ckeditor/kcfinder/upload/files/goAML-Cooperative%20List.pdf



Leave a comment