काठमाडौं । सहकारीकर्मीहरुले छुट्टै बचत तथा ऋण सहकारी ऐनको लविङ गरिरहेका बेला संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले भने आवश्यक नपर्ने बताएका छन् । सहकारी ऐन २०७४ मा नै अधिकांश बचत तथा ऋण सहकारीका प्रावधानहरु समेटिएको भन्दै छुट्टै ऐन जरुरी नभएको बताए ।
चौथौ साकोस शिखर गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै रजिष्ट्रार पण्डितले सहकारी ऐन २०७४ मा ८० प्रतिशत प्रावधान बचत तथा ऋणकै भएका बताए । ‘सहकारी ऐन नै पूर्ण रुपमा कार्यान्वयन भएको छैन, किन चाहियो अहिल्यै अर्को ऐन ? रजिष्ट्रार पण्डितले प्रश्न गरे ।
सहकारी ऐन आएको ८ वर्षमै अर्को ऐन आवश्यक नपर्ने उनले बताए । ‘आज बचत ऐन बनाएर भोलि अरु सहकारीले आ–आफ्नो ऐन मागे दिन सकिन्छ ?’ पण्डितले भने, ‘सहकारी ऐनबाटै बचत तथा ऋण सहकारी परिचालित हुन्छन् ।’
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया