उपमेयर भएपछि सहकारी बैंकबाट संचालक भट्टराईको राजिनामा 

उपमेयर भएपछि सहकारी बैंकबाट संचालक भट्टराईको राजिनामा  :: Sahakari Akhabar

काठमाडौं । सूर्यविनायक नगरपालिको उपमेयरमा निर्वाचित भएकी सरिता तिम्मल्सिना भट्टराईले राष्ट्रिय सहकारी बैंकको संचालक पदबाट राजिनामा दिएकी छिन् । सहकारी ऐन तथा नियमावलीको व्यवस्था र संघिय सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सार्वजनिक पदमा भएको व्यक्ति सहकारी संघसंस्थाको संचालक बस्न नपाउने व्यवस्था रहेकाले भट्टराईले राजिनामा दिएकी हुन् ।

भट्टराईले बैंक संचालक समितिसमक्ष बैशाख ११ गते दिएको राजिनामालाई शुक्रबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । भट्टराईले राजिनामा गरेसँगै विभिन्न स्थानिय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत राजिनामाको दवाव परेको छ ।



Leave a comment