हाइलाइट

सहकारीमा ६.२ % ले बचत बढ्दा २६.८ % कर्जा 

सहकारीमा ६.२ % ले बचत बढ्दा २६.८ % कर्जा  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारी संस्थामा पनि बचत संकलन र कर्जा लगानीबिच ठूलो ग्याप भेटिएको छ । सहकारी संस्थाहरु बचत संकलन बढाउन नसके पनि ऋण लगानीमा भने आक्रामक देखिएका छन् । 

नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिबारे अध्ययन गर्न प्रदेशका १० वचत तथा ऋण सहकारी संस्थाहरुको नमुना छनौट गरी विवरण संकलन गरेको थियो । नमूना छनौटमा परेका ७ जिल्लाहरुका १० बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पँुजी २०७७ पुष मसान्तको तुलनामा २०७८ पुष मसान्तमा ६.२ प्रतिशतले वृद्धि हुँदा वचत ६.२ प्रतिशत र कर्जा २६.८ प्रतिशतले वृद्धि भएको छ । 


गोर्खाको उत्तरी भाग, मनाङ र मुस्ताङका हिमाली क्षेत्रहरुमा पाइने यार्सागुम्बाको व्यवसायीकरण गर्न तथा बजार पहुँच सुनिश्चित गर्न समुदाय, सहकारी र स्थानीय तहको समन्वयात्मक कार्यक्रम ल्याउन सकिएमा यार्सागुम्बाको व्यवसायीकरण गर्न सकिने सम्भावना रहेको पनि अध्ययन प्रतिवेदनले औल्याएको छ । 

यसैगरी प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु तथा गैर–सरकारी संस्थाहरुको संख्या तथा कारोबारमा विस्तार भएता पनि यस्ता संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने निकाय एवम् संयन्त्रको अभाव रहेकाले वित्तीय स्थायित्वमा नै नकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।  
 



Leave a comment