काठमाडौं । संविधानले सहकारीलाई अर्थतन्त्रको खम्बा स्विकार गरेपनि निरिह हुँदा सकारले आक्रमण गरेका नेकपा एमालेका सांसद घनश्याम खतिवडाले आरोप लगाएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेटबारे छलफलमा बोल्दै उनले आयकर बढाएर सरकारले सहकारी ऐनको धज्जी उडाएको बताए ।
‘राज्यको तीनखम्बे अर्थनीति अन्र्तगत सहकारीलाई एउटा महत्वपूर्ण खम्बा स्वीकार गरिएको छ’ खतिवडाले भने, ‘करोडौं कर छलि गर्नेलाई केही गर्न नसक्ने सरकारले सहकारीलाई निरिह देखेर अट्याक्क गरेको हो ।’ सहकारी ऐनमा नै आयकरको व्यवस्था गरिएको भएपनि बजेटमार्फत आयकर वृद्धि गरेर सहकारीको धज्जी उडाएको उनको भनाइ थियो ।
सहकारीकर्मी समेत रहेका खतिवडाले सहकारी क्षेत्रको माग भन्दा फरक विषय बजेटमा आएको बताए । ‘३० हजार सहकारीमध्ये १५ हजार बचत तथा ऋण कारोबार गर्ने संस्था भएकाले यिनीहरुको प्रवद्र्धन र अनुगमन गर्न छुट्टै क्रेडिट युनियन एक्टको माग भइरहेकोे छ’ उनले भने, ‘सरकारले भने सहकारीलाई ठेक्कापट्टा काम दिने घोषणा गर्नु दुखद् हो ।’
यसैगरी सरकारसँग पुराना साझा सहकारीहरु के कस्तो अवस्थामा कसरी संचालन भइरहेका छन् भन्नेबारेमा सूचना समेत नभएको खतिवडाले बताए । सहकारी सरकारको प्राथमिकतामा नपरेको उनको जिकीर थियो ।
Leave a comment