काठमाडौंं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शशी श्रेष्ठले सहकारी क्षेत्रको सुशासनका लागि ३५ बुँदे निर्देशन जारी गरेको बताएकी छिन् । मन्त्रालयमा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समेत जानकारी दिइन् ।
सुशासनलाई जोड दिएर सहकारीको व्यवस्थापन, क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन र नियमनका लागि प्रभावकारी कदम चालिएको मन्त्री श्रेष्ठले उल्लेख गरिन् । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र साझेदारीलाई प्रभावकारी बनाएर नियमनमा जोड दिइएको भन्दै उनले आवश्यक कानुन मापदण्ड र मानदण्ड तयार गरी कार्यन्वयनमा ल्याइएको बताइन् ।
सहकारी क्षेत्रमा सुशासन प्रवर्धनको लागि बिस्तृत अध्ययन, छलफल र परामर्श गरी सहकारी संघसंस्थाहरूको लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
Leave a comment