काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारीलाई भगिनी संस्था स्थापना गरी लगानी गर्न सहकारी ऐन संशोधन गर्नुपर्ने भएकाले कार्यान्वयन गर्न नसकिएको बताएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले यस वर्ष सहकारीलाई सिधैँ कूल कर्जाको ५० प्रतिशत लगानी गर्न भनिएको बताए ।
कानुन संशोधन गर्न कठिन भएकाले यस वर्ष सिधैं सहकारीलाई उत्पादनमा लगाउन खोजिएको उनले बताए । सहकारीलाई उत्पादनमा लैजाने व्यवस्था कार्यान्वयन गर्न ऐन संशोधन गर्नु नपर्ने उनको भनाइ छ । चालू आर्थिक वर्षमा अर्थमन्त्री शर्माले सहकारीलाई भगिनी कम्पनी खोलेर ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताएका थिए ।
तर, सहकारी क्षेत्रकै विरोध भएको थियो । अर्थमन्त्री शर्माले उक्त व्यवस्था कार्यान्वयन गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सहयोग मागेपनि कम्पनी स्थापना गर्न अस्वीकार गरेपछि पछि हट्न वाध्य भएका थिए ।
Leave a comment