हाइलाइट

सहकारीको आयकर बढ्यो, नाफामा १५ % सम्म कर 

सहकारीको आयकर बढ्यो, नाफामा १५ % सम्म कर  :: Sahakari Akhabar

काठमाडौ । सरकारले सहकारीलाई लाग्ने आयकर बढाएको छ । आईतबार आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको हो ।

सरकारले गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकरमा भने पूर्ण रूपमा छुट दिएको छ । यस अघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सहकारी संघसंस्थालाई लाग्ने आयकर घटाएर ५, ७ र १० प्रतिशत कायम गरेका थिए । 

सहकारी ऐन २०७४ मा महानगरमा संचालित बचत तथा ऋण सहकारीहरूलाई १०, उपमहानगरपालिकामा ७ र नगरपालिकामा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ । बचत तथा ऋण बाहेकका सहकारीहरुलाई दिइएको करछुटको सुविधा यथावत् रहेको छ । 



Leave a comment