काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले २० करोडको उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पूँजी अनुदान दिने घोषणा गरेका छन् । सहकारीमार्फत ५ प्रतिशत सहुलियत कर्जा प्रदान गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष ०७९/८०को बजेट सार्वजनिक गर्दै सहकारीमार्फत उद्योग र रोजगारी उत्पादन गर्न प्रोत्साहन गर्ने बताए । सहकारी खेती, सामूहिक चक्लाबन्दीमा प्रोत्साहन गर्ने उनको भनाइ छ । सीप विहिन बेरोजगारलाई रोजगार, गरिबी कम गरिने कार्यक्रम चलाइने जनाए ।
त्यसैगरी गरिब घर परिवार, शहरी गरिबलाई अपार्टमेन्ट दिने, श्रम योग्य श्रमिकलाई तालिम दिएर उत्पादन वृद्धि गर्ने अर्थमन्त्ती शर्माले बताए । सहकारीलाई विना धितो ऋण दिएर सहकारीमार्फत आत्म निर्भर अर्थतन्त्र निर्माण गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।
मूलुकको आर्थिक विकास सहकारी मेरुदण्डको रुपमा विकास गर्ने उनको योजना छ । सहकारीले कुल लगानीको ५० प्रतिशत उत्पादनमा लगानी गर्नुपर्ने भएको छ । स्वदेशी उत्पादनको खरिद बिक्री गर्न प्रोत्साहन गरिने भएको छ ।
Leave a comment