हाइलाइट

श्रम  सहकारी मार्फत उत्पादन बढाइने 

श्रम  सहकारी मार्फत उत्पादन बढाइने  :: Sahakari Akhabar

काठमाडौं । श्रम सहकारीमार्फत कृषि उत्पादन बढाउने सरकारले घोषणा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कृषिको उत्पादन गर्ने अर्थमन्त्री जनार्दशन शर्माले आर्थिक वर्ष ०७९/८०को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

कृषि क्षेत्रको रुपान्तरण, आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि अभियान वर्ष घोषणा गर्ने शर्माले बताए । सहकारीमार्फत खेतीयोग्य जमिन, बाझो जमिन उपयोग गर्ने उनले प्रस्ताव गरेका छन् । बिउ, मल, प्रविधि कृषकलाई सहज बनाउने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

लुघवित्त कोष मार्फत सहुलियत कर्जा दिने योजना छ । कृषि एम्बुलेन्स, बजारको व्यवस्था, स्थानीय तहले तोकेका वस्तु उत्पादनमा सहयोग गर्ने अर्थमन्त्री शर्माले बताए । प्राविधिक ज्ञान, कृषि उत्पादन देखि बजारीकरणसम्मका स्थानीय तहमा श्रम सहकारी मार्फत उत्पादन बढाइने उनले घोषणा गरेका छन् । ५ खर्ब कर्जा प्रवाह गर्न स्थापना गरिने लघुवित्त कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्यच कोष, सामाजिक सुरक्षा कोषको सहभागिता हुने छ ।



Leave a comment