हाइलाइट

आर्थिक वर्ष २०७९/०८० को बजेट आज : सहकारीलाई कस्ता कार्यक्रम ? 

आर्थिक वर्ष २०७९/०८० को बजेट आज : सहकारीलाई कस्ता कार्यक्रम ?  :: Sahakari Akhabar

शनिबार नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । बजेटका लागि राष्ट्रिय योजना आयोगले १५ खर्व २४ अर्व बराबरको सिलिङ तोकेकाले सोही हाराहारीमा बजेटको तयारी गरेको छ ।

काठमाडौं । संघिय सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । अपराह्न ४ बजे बोलाइएको संघिय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बढ्दो ब्यापारघाटा, शोधानान्तर घाटाको स्थिती, मुद्रास्फितीसँगै र घट्दो विदेशी मुद्राको संचितीले अर्थतन्त्र दवावमा रहेका बेला सरकारले आन्तरिक उत्पादन वृृद्धि तथा निर्यातलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याउदैछ। बजेटमा कृषिजन्य उत्पादनको वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्ने सरकारले प्राथमिकता तय गरेको छ ।

सकारले कृषिजन्य उत्पादन वृद्धिमा सहकारीलाई समेत भूमिका दिनेगरी कार्यक्रम ल्याउदैछ । यसअघि सार्वजनिक भएका बजेटको सिद्धान्त र प्राथमिकता साथै सरकारको नीति तथा कार्यक्रममा पनि यहि विषयलाई जोड दिएको छ । कृषिजन्य उत्पादन बढाउनका लागि सहकारी खेतीमा जोड दिने र यसका लागि अनुदान कार्यक्रमको घोषणा हुनेछ ।

यसैगरी सहकारीको संस्थागत शुशासन सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । अघिल्ला वर्षहरुको बजेटमा सहकारी नियमनका लागि छुट्टै निकाय बनाउने घोषणा कार्यान्वयन हुन नसकेका बेला सरकारले अनुगमन निकायको क्षमता अभिवृद्धि गर्ने योजना बजेटमा ल्याउदैछ । उक्त संकेत सरकारले नीति तथा कार्यक्रमममा समेत गरिसकेको छ ।

जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । शनिबार नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ । बजेटका लागि राष्ट्रिय योजना आयोगले १५ खर्व २४ अर्व बराबरको सिलिङ तोकेकाले सोही हाराहारीमा बजेटको तयारी गरेको छ ।



Leave a comment