विनोद चौधरी भन्छन्, सहकारी चाहिँदैन 

विनोद चौधरी भन्छन्, सहकारी चाहिँदैन  :: Sahakari Akhabar

काठमाडौं । उद्योगी बिनोद चौधरीले सहकारी राजनीतिक पार्टीको नामका भएकाले यसले उद्देश्य अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

उनले लगानी गर्न सहकारीनै नचाहिने र सहकारीको सट्टा अरु बैंक वित्तिय संस्था मार्फत पनि गरिवी निवारणका कार्यक्रम गर्न सकिने बताएका छन् ।

अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयलाई सुुझाव दिन बोलाएको बजेटसम्बन्धी छलफलमा उद्योगी चौधरीले स्वरोजगार कोषको पैसा सहकारीमार्फत परिचालन गर्दा उद्देश्य अनुसार काम नभएको भन्दै विरोध गरे ।

‘स्वरोजगार भन्ने योजनामा ठूलो पैसा रहेको छ । उसले एउटा एउटा सहकारीलाई जोड्नु पर्ने रे’ उनले भने, ‘सहकारी सवै पार्टी पार्टीका नाममा भाछ । बैकसंग जोडे भएन ? बैंक तथा अरु फाइनान्सियल इन्ष्टिच्यूसनलाई जोडे भएन ? सहकारी नै किन चाहिन्छ र ।’



Leave a comment