सहकारी बैंक आइतबार पनि खुल्ने, १० लाखसम्म निक्षेप र कर्जा पाइने 

सहकारी बैंक आइतबार पनि खुल्ने, १० लाखसम्म निक्षेप र कर्जा पाइने  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने भएको छ । आइतबार कारोबार समय भने बिहान ११ः०० बजेदेखि दिउँसो ४ः३० बजे सम्म हुनेछ । नगद भुक्तानी सिमा प्रति सस्था १० लाखसम्म हुने बैंकले जनाएको छ । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सीमित जनशक्ति राखेर कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘आइतबार खटिने कर्मचारीलाई थप सेवासुविधा दिने छौं’ उनले भने । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि राष्ट्रिय सहकारी बैंकले भने आइतबार बिदा नगर्ने निर्णय गरेको हो ।

धेरै सहकारी संस्था आइतबार पनि खुलेकाले सेवा प्रवाह गर्न आइतबार कार्यालय खुल्ने अध्यक्ष उप्रेतीले बताए । ‘सबै सहकारीमा आइतबार बिदा भएको छैन ’ उनले सहकारी अखबारसँग भने, ‘कम्तीमा ५० प्रतिशत सहकारी खुलेकाले बैंकले आइतबार पनि सेवा दिन लागेको हो ।’ 

सहकारी बैंक सहकारी क्षेत्रको एकमात्र बैंक हो । बैंकले सहकारी संस्थाहरुबाट निक्षेप संकलन गर्ने र उनीहरुलाई नै ऋण लगानी गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबार दुईदिन बैंक तथा वित्तिय संस्था बन्द गर्न निर्देशन दिए पनि धेरै सहकारी खुलेकाले राष्ट्रिय सहकारी बैंकले बिदा नदिने निर्णय गरेको हो ।

No description available.



Leave a comment