काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा ५ दर्जन भन्दा बढि संचालकहरु कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन् । १९ वटा सहकारी संस्थाले बैंकहरुबाट लिएको ऋण नतिरेपछि धितो जमानी बसेका ६४ जना संचालकहरु कालो सूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रका अनुसार कालो सूचीमा पर्ने संचालकहरुमा शैक्षिक समाज सहकारी संस्थाका महेन्द्र सुवेदी, सिटी बचत तथा ऋण सहकारीका विर बहादुर खत्री, किरणोदय बहुउद्देश्यीय सहकारी सस्थाका नरेन्द्र प्रकाश सुवेदी, रारा बचत तथा ऋण सहकारीका विनोद कुमार अग्रवाल, कुमार मगर र शेर बहादुर थापामगर तथा सूनौलो विहानी बचत तथा ऋण सहकारीका विकेन्द्र दनुवार, गणेश कुमार दनुवार र सरला दनुवार रहेका छन् ।
यसैगरी श्री महिला जनउत्थान सहकारीका मनिचन देवी महर, मञ्जु देवी साह, मिना देवी कनुइन्, प्रमिला देवी सहनी, राधा देवी थरुनी, रम्भा देवी सहनी, सकुन्तला देवि, सुनिला कुमारी सहनी र सुरतिया तेली कालोसूचीमा परेका छन् । राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्थाका चन्द्रकला देवी शर्मा, श्री कृष्ण यादव, जिवदी देवी यादव, सिता देवी महतो, आज्ञेर देवी यादव, चन्द्र कुमार यादव कालोसुचीमा परेको केन्द्रले जनाएको छ ।
रानीबन कृषि सहकारी संस्थाका अविना सुवेदी ढुंगेल, बद्री प्रसाद सत्याल, भवानी शंकर ढुंगेल, भोजराज ढुंगेल, मायाँ बुढाथोकी, लिलाबहादुर तामाङ, मिना कुमारी मगराती, सुमित्रा कटुवाल थापा, जनसेवा कृषि सहकारीका भजन राना, भिम मायाँ तामाङ, धनमायाँ तामाङ, दिल बहादुर तमाङ, फरु तामाङ, हिमालय तामाङ, राधिका देवी घर्ती, शान्तिमाया तामाङ, सुममायाँ तामाङ, टेकमायाँ तामाङ कालोसुचीमा छन् ।
यस्तै नवज्योति बचत तथा ऋणका जिवछ यादव, नरसिंह यादव, आनन्दनगर बचत तथा ऋणका लोकनाथ सापकोटा, नाराययण केसी, नरेन्द्र बहादुर कार्की , धनलक्ष्मी बचत तथा ऋणका मनोज गिरी, सविता श्रीवास्तव, मोनास्ट्री बहुद्दउद्देश्यीयका दुर्गा श्रेष्ठ, राजकुमार श्रेष्ठ तथा हितैसी सेभिङ एण्ड क्रेडिटका दीपक सिलवाल, करुणा ढुंगेल, राजन न्यौपाने, सन्तोस राज न्यौपाने, उद्धव श्रेष्ठ पनि कालो सुचीमा रहेका छन् ।
यसैगरी प्राइम सेभिङ एण्ड क्रेडिटका धु्रवराज लामा, प्रज्जल तामाङ, एलपिजी सेभिङ एण्ड क्रेडिटका वावुराम घिमिरे, मनिष त्रिपाठी, सन्तोष गौतम, ओम ओटु गुडविल सेभिङ एण्ड क्रेडिटका विक्रम परियार, रमन श्रेष्ठ, उमेश थापा, युवा विकास बहुउद्देश्यीयका होम बहादुर थापा, किसान राई, संगम राई, प्राइम गोर्खा सेभिङ एण्ड क्रेडिट डिल्लीश्री राई, मधु गुरुङ, संजोग राई कालो सुचीमा परेको कर्जा सुचना केन्द्रद्धारा जारी सूचनामा उल्लेख छ ।
सहकारी संस्थाहरुले बैंकहरुबाट ओभरड्राफ्ट, विपन्न वर्ग कर्जालगायतका शिर्षकमा ऋण लिने गरेका छन् । ऋण नतिरेपछि बैंकको सिफारीसमा कर्जा सूचना केन्द्रले सहकारीका संचालक सहित संस्थालाई कालोसूचीमा राखेको हो ।
Leave a comment