डेढ दर्जन सहकारी कर्जा सूचना केन्द्रको कालो सूचीमा,सहकारीको नाम सहित

डेढ दर्जन सहकारी कर्जा सूचना केन्द्रको कालो सूचीमा,सहकारीको नाम सहित :: Sahakari Akhabar

काठमाडौं । डेढ दर्जन सहकारी संस्थाहरु कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सहकारीहरु कालो सूचीमा परेका हुन् । सहकारी संस्थाहरुले बैंकहरुका ओभरड्राफ्ट, विपन्न वर्ग कर्जालगायतका शिर्षकमा ऋण लिने गरेका छन् । ऋण नतिरेपछि बैंकको सिफारीसमा कर्जा सूचना केन्द्रले सहकारीका संचालक सहितलाई संस्थालाई कालोसूचिमा राखेको हो ।

कुनै पनि बैंक वा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जा÷सुविधाको विवरण, ९० दिन भन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जा÷सुविधाको विवरण र दश लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरण कै आधारमा सो केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ । लघुवित वित्तीय संस्थाहरुको हकमा भने ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्न पठाउने व्यवस्था छ ।

नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिने प्रावधान छ । ऋण नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउदैनन् ।

यी हुन् केन्द्रको कालोसूचीमा परेका सहकारीहरु

शैक्षिक समाज सहकारी संस्था
श्री महिला जनउत्थान सहकारी संस्था 
सिटी बचत तथा ऋण 
राधाकृष्ण दुग्ध उत्पादक सहकारी संस्था 
रानीबन कृषि सहकारी संस्था 
किरणोदय बहुउद्देश्यीय सहकारी स.स्था 
रारा बचत तथा ऋण 
सूनौलो विहानी बचत तथा ऋण
जनसेवा कृषि सहकारी
नवज्योति बचत तथा ऋण 
आनन्दनगर बचत तथा ऋण
धनलक्ष्मी बचत तथा ऋण
मोनास्ट्री बहुद्दउद्देश्यीय 
हितैसी सेभिङ एण्ड क्रेडिट
प्राइम सेभिङ एण्ड क्रेडिट
एलपिजी सेभिङ एण्ड क्रेडिट
ओम ओटु गुडविल सेभिङ एण्ड क्रेडिट 
युवा विकास बहुउद्देश्यीय 
प्राइम गोर्खा सेभिङ एण्ड क्रेडिट 

 



Leave a comment