साताको २ दिन बिदाबारे सहकारी क्षेत्रमा मतभेद 

साताको २ दिन बिदाबारे सहकारी क्षेत्रमा मतभेद  :: Sahakari Akhabar

काठमाडौं । सरकारले आइतबार बिदा दिने निणर्य गरेपनि सहकारी क्षेत्रमा अन्योल छाएको छ । केही संघसंस्थाहरुले आइतबार पनि कार्यालय बन्द गर्ने निणर्य गरेपनि केहि संस्थाहरुले भने सेवा दिने भन्दै सूचना जारी गरेका छन् ।

सहकारीका संघहरु आइतबार कार्यालय बन्द भनेपनि केहि प्रारम्भीक सहकारी संस्थाले पनि कार्यालय खुल्ला राख्ने जनाएका छन् । सरकारले इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिने निणर्य गरेपनि सातामा २ दिन बिदा दिदाँ सहकारी क्षेत्र चल्न नसक्ने भन्दै लागू गर्न आनाकानी गरिरहेका छन् ।

सरकारको निणर्य कार्यान्वयन गर्न भन्दै नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) ले आफ्ना संघसंस्थाहरुलाई हप्तामा दुई दिन बिदा दिन आग्रह गरेको छट । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालद्धारा जारी गरिएको मार्गदर्शनमा सातामा दुई दिन बिदा दिन र तेस्रो दिन सार्वजनिक बिदा परेमा सिमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिने जनाइएको छ ।

त्यस्तै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले पनि दसैं र तिहारमा बाहेक २ दिन बिदा पर्न गएमा तेस्रो दिन कार्यालय नियमित खोल्ने निणर्य गरेको छ । संघले ९ः३० देखि ५ः३० बजेसम्म कार्यालय खुल्ने जनाएको छ । कारोबार भने ५ बजेसम्म मात्र हुने छ ।

माघ १६ गतेेदेखि भने कार्यालय ९ः३० देखि ४ः३० बजेसम्म हुने छ । उक्त समयमा कारोबार भने ४ः३० बजेसम्म मात्र हुने प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) ले पनि सातामा दुई दिन बिदा दिने निणर्य गरेको छ ।

अर्को निणर्य नभएसम्म सरकारले घोषणा गरे अनुरुप शनिबार र आइतबार बिदा दिने व्यवस्थापक अरुणकुमार तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ललितपुर बचत संघ पनि आइतबार बन्द भएको छ । संघले सूचना जारी गरी सोमबार बुद्ध जयन्तीमा पनि बिदा दिएको छ । व्यवस्थापक सन्तोष बजगाईद्धारा जारी विज्ञप्तिमा वैशाख ३० गते शुक्रबारदेखि २ गतेसम्म कार्यालय बिदा हुने उल्लेख गरिएको छ ।

आधारभूत बचत तथा ऋण सहकारी संस्थाले भने आइतबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ । अध्यक्ष मनोज बोहराद्धारा जारी विज्ञप्तिमा आइतबार साप्ताहिक बिदा र २ गते बुद्ध जयन्तीका अवसरमा बिदा हुने जनाइएको छ ।

तर, भक्तपुर बचत जिल्ला सहकारी संघले आइतबार बिदा नदिने निणर्य गरेको छ । सरकारले दुई दिन बिदा दिने निणर्य गरेपनि अर्को सूचना जारी नहुँदासम्म आइतबार कार्यालय खुला हुने संघले जनाएको छ । नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले जेठ १ गते आइतबार सम्पूणर् कर्मचारीलाई कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

सञ्चित बचत तथा ऋण सहकारी संस्था आइतबार पनि खुलेको छ । निर्वाचनको दिन बिदा दिएको सहकारीले बिदाको दिन सञ्चित स्मार्ट बैंकिङबाट सेवा लिन सदस्यलाई सुझाएको छ । ललितपुरको श्रीदुर्गा बचत तथा ऋण सहकारी संस्थाले आइतबारको बिदाबारे स्पष्ट खुलाएको छैन ।

मोरङको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाले आइतबार साप्ताहिक बिदा दिएको छ । व्यवस्थापक पारस लुइटेलकाद्धारा जारी विज्ञप्तिमा सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि ५ः३० बजेसम्म कार्यालय खुल्ने जनाइएको छ ।

महोत्तरीको रतौली बचत तथा ऋण सहकारी संस्थाले पनि आइतबार बिदा दिने निणर्य गरेको छ । व्यवस्थापक अमितकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा सरकारको निणर्य अनुसार बिदा बिदा दिने निणर्य गरेको हो ।उता राष्ट्रिय सहकारी बैंकले भने प्रारम्भीक सहकारी संस्था ५० प्रतिशत भन्दा बढी खुला भएमा बैंकले पनि सेवा दिने जनाइसकेको छ ।बहुउद्धेश्यीय जिल्ला सहकारी संघ काठमाडौंका पूर्व अध्यक्ष तुलसीप्रसाद

सापकोटाले सरकारले हावाको तालमा जे मन लाग्यो, त्यहीँ निणर्य गरेको बताउँछन् । ‘यो आइतबारको बिदाले सहकारीमा झन् समस्या आउँछ’ उनले भने, ‘सहकारीले ३६५ दिननै सेवा सुचारु गर्नुपर्छ । हामी तमाम सहकारीकर्मी झन् सेवामा जुटुम जसले डम्फु बजाउछ उतै नाच्ने होइन ।’



Leave a comment