Sahakari Akhabar

सहकारीका अगुवा को कहाँबाट गर्दैछन् मतदान ?

सहकारीका अगुवा को कहाँबाट गर्दैछन् मतदान ? :: Sahakari Akhabar

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सहकारीका अगुवाहरु मतदान गर्न जिल्ला पुगेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अधिकांश सहकारीका अगुवाहरु गृहजिल्ला पुगिसकेका हुन् । 
राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कूनका पदाधिकारी लगायत सहकारीका नेतृत्वहरु आफ्ना गृहपालिकामा मतदान गर्न पुगेका छन् ।

महासंघका अध्यक्ष मिनराज कँडेल धादिङको मलेखु गाउँपालिका पुगेका छन् । आफ्नो स्थानीय तहको प्रतिनिधि चुन्न उनी केही दिन अघि नै धादिङ पुगेका हुन् । महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडाल काठमाडौं महानगरपालिकाका मतदाता हुन् । उनी चाबहिलको गणेशस्थानबाट मतदान गर्दै छन् ।

महासंघका संस्थापक अध्यक्ष दिपकप्रकाश बास्कोटा स्थानीय तहको निर्वाचनका लागि गृहजिल्ला पाँचथर पुगेका छन् । उनी फिदिम नगरपालिका वडा नम्बर १ का मतदाता हुन् । उनले फिदिम मावि केन्द्रबाट मतदान गर्दै छन् ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् । उनले ८ नम्बर वडा कार्यालयबाट मतदान गर्दै छन् । बैंकका निवर्तमान अध्यक्ष एवम् महासंघका उपाध्यक्ष रमेश पोखरेल मोरङको विराटनगर महानगरपालिकाका मतदाता हुन् । वडा नम्बर १२ निवासी पोखरेल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गर्दै छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्ला पुगिसकेका छन् । उनी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर ११ रुपाकोटका मतदाता हुन् । मयाखु राष्ट्रिय माविबाट मतदान गर्नका लागि बिहीबार तनहुँ जादैँछन् ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नवलपरासीको बर्दघाट, महासचिव दामोदर अधिकारी बदिर्याको ठाकुरबाबा नगरपालिका, कोषाध्यक्ष दिपक पनेरु चन्द्रागिरी नगरपालिका, सञ्चालक चण्डिप्रसाद शर्मा बाग्लुङको बाग्लुङ नगरपालिका र जिवसराज खड्का दोलखाको तामाकोसी गाउपालिकाबाट मतदान गर्दै छन्  ।

महासंघका सञ्चालकहरु अमृता सुब्बा धरानको इटहरी नगरपालिका, पद्मा गुरुङ डढेल्ढुराको अमरगढी गाउँपालिका, बालकुमारी श्रेष्ठ सिन्धुलीको कमलामाई नगरपलिककाबाट मतदान गर्दै छन् । बैंकका सञ्चालक हरिहर योगी सुर्खेतको विरेन्द्रनगर,  विजया धिताल बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट  मतदान गर्दै छन् ।

केही सहकारीमा स्थापित अनुहार स्थानीय तहको निर्वाचनका लागि मैदानमा उत्रिएका छन् । महासंघ, बैंक र नेफ्स्कूनकै सञ्चालकहरु पनि उम्मेदवार छन् ।



Leave a comment