Sahakari Akhabar

मतदान गर्ने सही तरिका (नमुना पत्र सहित)

मतदान गर्ने सही तरिका (नमुना पत्र सहित) :: Sahakari Akhabar

काठमाडौं । आउँदो शुक्रबार स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि गएरातिदेखि नै मौन अवधिसमेत सुरु भइसकेको छ। यस अवधिमा भोट माग्न पाइदैँन । निर्वाचनका लागि राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र व्यक्ति पनि उम्मेदवार बनेका छन् । यता, मतदातामा भने निर्वाचन कसरी गर्ने भन्ने अझै अन्योल नै छ । यहाँ निर्वाचन गर्ने सही तरिका व्याख्या गरिएको छ ।

क, सात (७) जनालाई भोट हाल्नुपर्छ ।

पहिलो भोट – गाउँपालिका अध्यक्ष वा नगर प्रमुखका लागि, पहिलो ठाडो लहरमा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुहोस्।
दोस्रो भोट – गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुखका लागि दोस्रो ठाडो लहरमा दिनुहोस्।
तेस्रो भोट – वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो ठाडो लहरमा भएको कुनै एउटा चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनुहोस्। 
चौथो भोट – महिला वडा सदस्यका लागि चौथो ठाडो लहरमा दिनुहोस्। 
पाँचौं भोट – दलित महिला वडा सदस्यका लागि पाँचौं ठाडो लहरमा दिनुहोस्।
छैठौं र सातौं भोट – २ जना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई ठाडो लहरमा रहेका चिन्ह मध्ये कुनै दुई चिहृनमा मतदान गर्नुहोस्।

ख, सात (७) जनालाई मत दिन पाउने तपाईको अधिकार हो । तर, तपाईले म छनोट गरेर कुनै/केहीलाई मात्रै मत दिन्छु भन्न सक्नुहुन्छ।

ग, सात (७) जनालाई मत दिनुपर्छ भन्नुको अर्थ एउटै तेर्सो लहरमा मात्र दिनुपर्छ भनिएको होइन। छनोट तपाईको अधिकार हो। यदि तपाई प्रमुख र उपप्रमुखमा फरक–फरक दललाई मत दिन चाहनुहुन्छ भने पनि त्यसो गर्न सक्नुहुन्छ।
तर, मतपत्रको पहिलो ठाडो कोलममा रहेका चिन्हहरु प्रमुखका लागि मात्रै हुन्, दोस्रो ठाडो कोलम उपप्रमुखको हो।  प्रत्येक कोलममा भएका राजनीतिक दलको चुनाव चिन्ह मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ।

घ, सुरुका ५ ठाडो कोलम एक एक पदका लागि हो। तपाईले एउटा ठाडो कोलममा भएका चुनाव चिन्हहरु मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ। तर, पछिल्ला दुई ठाडो कोलममा भने तपाई एउटै वा पहिलो दोस्रो कोलममा भएका एक–एक चुनाव चिन्हमा मत दिन सक्नुहुन्छ।

ङ, पछिल्ला दुई ठाडो कोलममा भने तपाईले एउटै कोलम वा पहिलो दोस्रो कोलममा भएका एक–एक चुनाव चिन्हमा मत दिन सक्नुहुन्छ। मतपत्रको अन्तिममा भएको एउटै कोठाभित्रका दुईवटा चिन्हहरु पनि एकैजना उम्मेदवारका लागि हो, त्यसमा लगाइएको छापले एकजनालाई मात्रै मत दिएको ठहरिन्छ।

पछिल्ला यी दुई कोलमहरु वडा सदस्य खुलातर्फका लागि हो।  यसमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिन्ह कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिन्हको व्यवस्था गरेको हो।

मानौं ए नामको पार्टीर्ले दुई वडा सदस्यमा खुलातर्फ रामबहादुर र श्यामबहादुरलाई उम्मेदवार बनाएको छ भने आयोगले एकजनालाई एउटा चिन्ह  दिएको छ र अर्का उम्मेदवारलाई दुईवटा चिन्ह प्रदान गरेको हुन्छ।

च,  दुईवटा चुनाव चिन्ह भएको ठाउँमा पनि एकचोटिमात्रै छाप हाने पुग्छ। तपाईले उक्त बक्सभित्र एकपटक मात्र स्वस्तिक छाप हान्नुपर्छ, नत्र रद्द हुन्छ।

छ, मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा दुईवटा कोठामा दिनुपर्छ। तर, एउटै लहरमा नभई अलग–अलग चिन्हमा मत दिन सक्नुहुन्छ। यसो गर्दा खुल्ला वडा सदस्यमा तेर्साे वा ठाडो जता पनि रोज्न सक्नुहन्छ।तर, यसो गर्दा ध्यान दिनुस्, एउटा कोलममा अधिक दुई जनालाई मात्रै मत दिन सकिन्छ।

ज, सबैभन्दा राम्रो चुनाव चिहृन नजिकै रहेको खाली ठाउँमा मत दिनुहोस्। तर, यदि चुनाव चिन्ह माथि नै स्वस्तिक छाप लगाइयो भने पनि बदर हुँदैन।

मतबदर कसरी हुन्छ ?

क, मतपत्रमा पहिलो ५ पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ।
ख, त्यस्तै छैटौं र सातौं पदका लागि दुई कोलम दिइएकोमा दुई भन्दा बढी उम्मेदवारलाई मत दिएमा पनि बदर हुन्छ।
ग,  मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि तपाईको मत बदर हुन्छ।
ङ, स्वस्तिक छाप बाहेक अरु छाप लगाए वा संकेत गरेमा पनि तपाईको मत बदर हुन्छ।
च, दुई वटा चुनाव चिन्ह रहेको कोठाको बीचमा एक अर्कालाई छुने गरीस्वस्तिक छाप लगाएमा पनि तपाईको मत बदर हुन्छ।

छ, उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ।

नमुना मतपत्र


 



Leave a comment