वडाध्यक्षकी उम्मेदवार भट्टराईको भिजन : उद्यमशीलता, रोजगारी र गरिबी निवारणका लागि सहकारी

वडाध्यक्षकी उम्मेदवार भट्टराईको भिजन : उद्यमशीलता, रोजगारी र गरिबी निवारणका लागि सहकारी :: Sahakari Akhabar

काठमाडौं । स्थानिय तहको निर्वाचनको माहोलले सहकारी क्षेत्र पनि तात्तिएको छ । सहकारी संघसंस्थाको नेतृत्वमा रहेका व्यक्तिहरु पनि विभिन्न स्थानिय तहमा उम्मेदवार भएपछि सहकारीकर्मीलाई चुनावले थप आकर्षित बनाएको  छ । यसैगरी स्थानिय तह सहकारीको नियामक निकाय समेत भएकाले सहकारीकर्मीले नेतृत्व चयनलाई चासोका साथ हेरेका छन् । 

स्थानिय तहमा उम्मेदवार बनेका सहकारीकर्मीमध्ये हुन् एक हुन् काठमाडौं जिल्ला सहकारी संघकी सञ्चालक सीता दाहाल भट्टराई । उनी नेकपा एकीकृत समाजवादी पार्टीको सिफारीसबाट काठमाडौं महानगरपालिका वडा नम्बर ९ की वडाअध्यक्षको चुनावी मैदानमा उत्रिएकी छिन् । 

आफ्नो वडालाई नमूना वडा बनाउने अठोट बोकेर घरदैलो अभियानमा सक्रिय रहेकी भट्टराई वडावासीले न्याय गर्नेमा आशावादी छिन् । ‘वडाको विकासमा सरिक भएर लाग्ने छु’ उनले भनिन्, ‘वडावासीले मलाई जिम्मेवारी दिनुहुनेछ भन्नेमा आशावादी छुँ ।’  

प्रारम्भिक सहकारी देखि संघहरुको नेतृत्वमा सक्रिय बन्दै लामो समय सहकारी अभियानमा रहेकी भट्टराई सहकारीमार्फत आर्थिक संमृद्धि हासिल गर्न सकिने बताउछिन् । आफु वडा अध्यक्षमा आफूले जितेमा सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न मुख्य लक्ष्य हुने उनको भिजन छ । 

मातृशक्ति बचत तथा ऋण सहकारी संस्थाकी कार्यकारी प्रमुख समेत रहेकी भट्टराई वडाबासीको आर्थिक स्थायित्वका लागि सहकारी एउटा आधार बन्ने भन्दै  उद्यमशीलता विकास, रोजगारी सिर्जनाका काम सहकारीमार्फत गर्ने उनको योजना छ । गरिबी निवारणका लागि सहकारी बलियो आधार बन्ने भन्दै सहकारीमार्फत काम गर्ने उनको अठोट छ । 
 



Leave a comment