काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) ले पनि ब्याजदर वृद्धि गरेको छ । संघले १ वर्षे आवधिक बचतमा साढे १३ प्रतिशत र ६ महिने आवधिक बचतमा १३ प्रतिशत र ३ महिने आवधिक बचतमा १२.५ प्रतिशत ब्याज दिने जनाएको छ ।
यसैगरी संघले १५ लाखसम्मको न्यूनतम मौज्जाद रहेको तरलता जगेडा बचतमा ७.७५ प्रतिशत, १० लाखसम्मको कास्कुन विशेष ऐच्छिक बचतमा ६.७५ प्रतिशत र ५ लाखसम्मको कास्कुन विशेष बचतमा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै २ लाख ५० हजारसम्मको कास्कुन कारोबार बचतमा ६ प्रतिशत, १ लाख ५० हजारसम्मको ऐच्छिक बचतमा ५.५ प्रतिशत ब्याज दिने भएको छ ।
५० हजार सम्मको कास्कुन दैनिक बचतमा ५.२५ प्रतिशत, १० हजारको दैनिक बचतमा ५ प्रतिशत र २ हजार सम्मको मासिक बचतमा ७ प्रतिशत र लाभांश बचतमा ३ प्रतिशत ब्याज दिने कास्कुनले सूचना जारी गरेको छ ।
कास्कुनले प्रारम्भीक सहकारीलाई १३.५ प्रतिशतमा ऋण प्रवाह गर्ने भएको छ । लाइन अफ क्रेडिटमा उक्त ब्याजदरमा ऋण प्रवाह गर्ने जनाएको छ । यसैगरी व्यवसायीक ऋणमा १ वर्षे अवधिमा १२.७५ र ५ वर्षे अवधिमा १३.५ प्रतिशत ब्याजदर तोकिएको छ । साकोस व्यवस्थापन शिर्षकको ऋणमा १ वर्षेमा १३ प्रतिशत र ३ वर्षे अवधिमा १३.५ प्रतिशत ब्याजदर तोकिएको छ । कोभिड तरलता ऋणमा भने १ वर्षेका लागि ११ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।
तरलता अभावसँगै सहकारी संघसंस्थाबिच ब्याजदर बढाउने प्रतिस्पर्धा चलिरहेको छ ।
Leave a comment