झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाख्रापालक उद्यमी किसानलाई प्राविधिक तालिम दिएको छ । संस्थाले शिवसताक्षी–१० आप्टारीमा बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको हो ।
सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटका अनुसार आप्टारी क्षेत्रका २८ जना बाख्रापालक किसानलाई बाख्राको औषधी खुवाउने तरिका, बाख्रामा लाग्ने रोगहरुको निदान तथा सुईबाट औषधी लगाउने तरिकाका र बाख्राको तौल लीने बारेमा प्रशिक्षण गरिएको थियो ।
बाख्रापालक किसानलाई ५० हजार मुल्य बराबरको औषधीहरु पनि निशुल्क प्रदान गरिएको भाटले जनाए । उद्यमी सदस्यहरुलाई व्यवसायिक बनाउनको लागि उनीहरुको पशुपालन क्षेत्रमा टेवा पुगोस भनेर समय–समयमा बर्खे घास, हिउदे घाँसको विरुवा पनि वितरण गर्दै आएको उनले जनाए ।
संस्थाले पशु विमा पनि गरिरहेको र अहिले सम्म १७ सय सदस्यहरुको पशु विमा गरिसकको भाटले बताए । संस्थाले ५ बर्षदेखि व्यवसायीक पशुपालन गर्ने किसानहरुको लागि विभिन्न प्रकारको क्रियाकलापहरु गर्दै आइरहेको जनाइएको छ ।
Leave a comment