काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको असरले सहकारी संघसंस्थाहरु पनि प्रभावित हुन थालेका छन् । तरलताको अभावसँगै सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले १० दिनकै अवधिमा ब्याजदर वृद्धि गरेको छ । बैंकले बैशाख ४ गतेदेखि लागू हुनेगरी बचत तथा को ब्याजदर वृद्धि गरेकोमा बैशाख १५ गतेदेखि पुनः बढाएको छ ।
बुधबार भने बैंकले बचतमा योजनामा मात्र ब्याज बढाएको छ । बैंकले अनिवार्य नियमित बचत तथा मुद्दति बचत योजनाहरुमा ब्याजदर बढाएको हो ।
बैंकले प्रकाशित गरेको सूचना अनुसार अनिवार्य नियमित बचतमा न्युनतम ८ प्रतिशत ब्याजदर रहेकोमा बढाएर ११ प्रतिशत पु¥याइएको छ । यसैगरी क्रमिक बचत ९.२५ प्रतिशतदेखि ११.२५ प्रतिशत रहेकोमा बढाएर १०.७५ देखि ११.७५ प्रतिशत पु¥याएको छ ।
बजारमा तरलता अभाव भएसँगै सहकारीका संघहरुबिच ब्याजदरको प्रतिस्पर्धा चलिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर जथाभावी बढ्न नदिनका लागि भद्र सहमति गरेपनि सहकारीमा त्यो प्रयोगमा आउन सकेको छैन ।
बैंकहरुको ब्याज बढाएपछि सहकारीकर्मीको दवावमा सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत पु¥याइएको छ । उक्त ब्याजदर सहकारीले ऋण लगानी गर्दा माथिल्लो सिमाका रुपमा लागू हुन्छ ।
Leave a comment