काठमाडौं । वित्तीय प्रणालीमा सहकारी संस्थाहरुको हिस्सा साढे ४ प्रतिशत पुगेको छ । सहकारी संस्थाहरुको संख्यात्मक वृद्धि र आकर्षणसँगै वित्तीय क्षेत्रमा सहकारीको हिस्सा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय प्रणालीको एक अध्ययन अनुसार सहकारीको हिस्सा विकास बैंक र इस्योरेन्स कम्पनीको नजिक पुगेको छ ।
राष्ट्र बैंकका अनुसार सम्पतिको वित्तीय प्रणालीमा सबैभन्दा बढि हिस्सा बाणिज्य बैंकहरुको ५४.५ प्रतिशत रहेको छ । त्यसपछि नेपाल राष्ट्र बैंकको १७.६ प्रतिशत, इस्योरेन्स कम्पनीहरुको ५.५, विकास बैंकहरुको ५.१, कर्मचारी संचय कोषको ४.८ प्रतिशत र सहकारीहरुको ४.५ प्रतिशत रहेको छ ।
हाल २७ वटा बाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६६ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यसैगरी सहकारीहरुको संख्या करिव ३० हजार रहेको छ । सहकारीमार्फत करिव १० लाखको कारोबार भइरहेको अनुमान छ । तर, सहकारीको अभिलेख नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन ।
सहकारीको तथ्यांक एकीकृत गर्नका लागि संघिय सहकारी विभागले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली कोपोमिस निर्माण गरेपनि प्रभावकारी हुन सकेको छैन । सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदान कमजोर देखिने गरेको छ ।
Leave a comment