हाइलाइट

एमालेको घोषणापत्रमा सहकारी उच्च प्राथमिकता

एमालेको घोषणापत्रमा सहकारी उच्च प्राथमिकता :: Sahakari Akhabar

काठमाडौं । स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रमा नेकपा एमालेले सहकारीलाई उच्च प्राथमिकता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार घोषणापत्र सार्वजनिक गरेको छ ।

सहकारीमार्फ उद्यमशीलता, रोजगारी र संमृद्धि गर्ने घोषणापत्रमा उल्लेख छ ।  सहकारीमार्फत स्थानीय पुँजी संकलन, उद्यमशीलता विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण गरिने उल्लेख गरिएको छ ।

सार्वजनिक–निजी, सार्वजनिक–सहकारी एवं सार्वजनिक–सामुदायिक साझेदारी सम्बन्धी नीति तथा कानुनको व्यवस्था गर्ने घोषणपत्रमा उल्लेख छ ।

प्रत्येक पालिकामा विपन्न परिवारको पहिचान गर्ने, गरिबी सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र उनीहरूको सहभागितामा उत्पादनमूलक सहकारी निर्माण गर्नेे एमालेको घोषणापत्रमा उल्लेख छ ।

कृषि सहकारीका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने, उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने उल्लेख गरिएको छ । 
 



Leave a comment