हाइलाइट

मोरङका सहकारीलाई अप्ठ्यारो पर्ने संकेत

मोरङका सहकारीलाई अप्ठ्यारो पर्ने संकेत :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङमा झन्डै १ हजार बढी सहकारी छन् । विराटनगर महानगरपालिकामा मात्र १९० वटा सहकारी संस्था छन् । जुन महानगरको आवश्यकता भन्दा बढी हो । मोरङमा १७ स्थानिय तह छन् । सबै स्थानिय तहमा १ सय बढी नै सहकारी संस्था छन् । स्थानिय तहको कार्यक्षेत्रभित्र पर्ने सहकारी यती भएपनि प्रदेश सरकार अन्तर्गतका सहकारीहरु पनि धेरै छन् भने संघिय सरकार अन्तर्गतका सहकारी पनि छन् ।

जिल्लामा आवश्यकताभन्दा बढी सहकारी संस्था हुँदा हुँदै सहकारी क्षेत्रको उर्वर मानिएको झापा जिल्लाका सहकारी धमाधम मोरङमा पनि आईरहेका छन् । प्रदेश १ को झापामा धेरै सहकारी संस्था ठूलो पुँजीका छन्। अहिले मोरङका विभिन्न क्षेत्रमा झापाका सहकारीले सेवा केन्द्र सञ्चालन गरिरहेका छन् ।

मोरङको उर्लावारी, पथरि शनिश्चरे, वेलवारी लेटाङ्ग लगायतका क्षेत्रमा बढी मात्रामा झापाका सहकारीले सेवा केन्द्र सञ्चालन गरिरहेका छन् । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारीले विराटनगरमा पनि सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।

झापाको मेची बहुउद्देशीय सहकारी, सहारा नेपाल बचत तथा ऋण सहकारी, पुर्व नेपाल, नेपाल बहुउद्देश्यीय, सूर्यदर्शन बचत तथा ऋण सहकारी लगायतका सहकारीहरुले मोरङको पुर्वी क्षेत्रमा सेवा केन्द्र सञ्चालन गरिसकेका छन् ।

केही सहकारीले विराटनगरमा पनि सेवा केन्द्र सञ्चालनको लागि पहल गरिरहेका छन् । विराटनगरमा नै धेरै सहकारी भएको भन्दै विराटनगरका सहकारी अभियान्ताहरुले सेवाकेन्द्र सञ्चालनका लागि झापाका सहकारीलाई रोकिरहेका छन् ।

सहकारी अभियान्ता रामचन्द्र गौतम झापाका सहकारी विराटनगर आउने वित्तिकै यहाँको धेरै पैशा झापा जाने बताउछन् । विराटनगरमा नै सहकारी संस्था धेरै भईरहेको अवस्थामा झापाका सहकारी भित्रियपछि अस्वस्थ प्रतिस्पर्धा बढ्ने उनको भनाई छ ।

सहकारीको कार्यक्षेत्र रहेको ठाउँमा मात्र सेवा केन्द्र सञ्चालन गर्न सकिने भएपनि झापाका धेरै सहकारीले मोरङका साना तथा दर्ता भएर नियमित सञ्चालन हुन नसकेका सहकारीसँग एकिकरण गरेर सेवा केन्द विस्तार गरेका छन् ।

पछिल्लो समयमा केही सहकारी सेवा केन्द्र सञ्चालनको लागि महानगरमा आएकाले आफुले रोकिदिएको उनले बताए । विराटनगर महानगरपालिकाका सहकारी विज्ञ तथा प्रशिक्षक समेत रहेका गौतमले महानगरमा यहीका सहकारी बढी भएको बताए ।

मोरङको वेलवारीमा पनि झापाका धेरै सहकारीले सेवा केन्द्र सञ्चालन गरिरहेका छन् । झापाका सहकारीका कारण वेलवारी क्षेत्रका सहकारीलाई समस्या देखिन थालेको लालिगुरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा गौतमले बताए ।

ठूला सहकारी वेलवारी आएका कारण उनीहरुको जति सेवा सुविधा स्थानिय सहकारीले दिन नसकेका कारण सदस्यहरुको ठूला सहकारीमा आँखा जान थालेको उनको भनाई छ । सुरुवातमा नै बचत थोरै हुँदा पनि धेरै ऋण लगानी गरिदिने, विमा पनि गरिदिने लगायतका सेवा दिने भन्दै सदस्यहरु स्थानिय सहकारी भन्दा झापाका सहकारीमा जान थालेको गौतमले बताए ।

अब स्थानिय सहकारीले सदस्यहरुको चाहना अनुसारको सेवा सुविधा दिन नसकेको स्थानिय पैसा झापा तिर जाने उनले बताए । कमजोर सहकारीसँग एकिकरण गरेर भित्रिएका झापाको ठूला सहकारीका कारण मोरङका स्थानिय सहकारी संस्थालाई अप्ठ्यारो पर्ने अवस्था आएको गौतमले बताए ।

अव स्थानिय सहकारी संस्थाहरु एकिकरण भएर उत्पादनमूलक क्षेत्रमा नलाग्ने र सदस्यहरुको चाहना अनुसारको सेवा सुविधा दिन नसक्ने हो भने सहकारी संस्था अगाडि बढ्न समस्या हुने सहकारी अभियान्ता गौतमले बताए ।

सहकारी संस्था मात्र भएर नहुने भन्दै उनले सदस्य केन्द्रित सहकारी संस्था हुनुपर्ने बताए । अब सहकारी संस्थालाई हरेक हिसावले सक्षम नबनाए सहकारी संस्था डुब्ने स्थिति सिर्जना हुने उनको भनाई छ । बाहिरि सहकारी संस्थाले घेरिरहेको अवस्थामा स्थानिय सहकारी संस्थालाई अब्बल बनाउन सकिएन भने बाहिर संस्थाले पैसा लैजाने गौतमले बताए ।

सहकारीको कार्यक्षेत्र रहेको ठाउँमा मात्र सेवा केन्द्र सञ्चालन गर्न सकिने भएपनि झापाका धेरै सहकारीले मोरङका साना तथा दर्ता भएर नियमित सञ्चालन हुन नसकेका सहकारीसँग एकिकरण गरेर सेवा केन्द विस्तार गरेका छन् ।



Leave a comment