काठमाडौं । ललितपुर जिल्ला संघको नवनिर्वाचित नेतृत्वले विवादित रहेको कृषि सहकारी संघबाट सम्मान लिएको छ । जिल्ला कृषि सहकारी संघले ललितपुरले आईतबार औपचारिक कार्यक्रम गरी जिल्ला सहकारी संघ ललितपुरका नवर्निवाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितीका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केदार गोखार्लीसहित अधिकांश संचालकहरु उपस्थित रहेका थिए ।
बधाई कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष राम शरण शर्मा समेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कृषि संघ ललितपुर समयमै साधारणसभा गर्न नसक्दा विवादमा छ । गत फागुन ६ गते संघले साधारणसभा गर्ने तयारी गरेपनि साधारणको अघिल्लो दिन बरिष्ठ उपाध्यक्ष सहित ८ संचालक र लेखा समिति संयोजक गरी ९ जनाले उजुरी दिएपछि स्थगित भएको साधारणसभा पुनः बस्न सकेको छैन ।
वाग्मती प्रदेशको सहकारी नियमावली र एकिकरण कार्यविधि अनुसार एकिकरण पछि संस्थाको संचालक समितिलाई तदर्थ समिति मानेर प्रारम्भिक साधारण सभा गर्नुपर्ने भएपनि अध्यक्ष ओमदेवी मल्लले निर्वाचनको कार्यक्रम नराखी वार्षिक साधारणसभा मात्र गर्न लागेको भन्दै विवाद बढेको थियो । संचालकहरुले निर्वाचन सहितको प्रारम्भिक साधारणसभा गर्न तथा वाग्मतीप्रदेश रजिष्टार कार्यालयमा उजुरी गरेपनि साधारणभाका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।
Leave a comment