हाइलाइट

ढकाललाई जनसेवाश्री पदक

ढकाललाई जनसेवाश्री पदक :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल जनसेवाश्री पदक पाएका छन् । गत असोज ४ गते संविधान दिवसको अवसरमा घोषणा भएको उक्त पदक ढकाललाई आज एक कार्यक्रमका बिच प्रदान गरिएको हो ।

आज आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त पदकबाट विभूषित गरेकी हुन् । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई प्रदान गरिने सम्मान सहकारी क्षेत्रबाट ढकाललाई प्रदान गरिएको हो । २०५० सालदेखि सहकारी क्षेत्रमा निरन्तर सेवारत ढकाल नेफ्स्कूनका प्रबक्ता समेत हुन् ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक समेत रहेका उनी नेशनल कोअपरेटर्श एलाइन्स नेपालका महासचिव एवं विभिन्न सहकारी संस्थाका सल्लाहकार रहेका छन् । ढकालले सम्मानले अभियानको विकासमा थप उर्जावान भएर लाग्ने प्रेरणा मिलेको बताए । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले असोज ३ गते विभूषण प्रदान गर्ने घोषणा गरेकी थिइन् ।



Leave a comment