हाइलाइट

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानः यो वर्ष डिबी बस्नेतलाई

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानः यो वर्ष डिबी बस्नेतलाई :: Sahakari Akhabar

काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी अगुवा डिबी बस्नेतलाइ यो वर्षको पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान गरेको छ । संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा गर्दै आएको सम्मान यो वर्ष राष्ट्रिय सहकारी महासंघका संचालक बस्नेतलाई गरेको हो ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यक्रममा सम्मान गरेकी थिइन । संस्थाले गत दुई वर्षका घोषणा भएका ब्यक्तीत्वहरुलाई पनि सम्मान गरेकी थिइन । संस्थाको १४ औं वार्षिकोत्सव कार्यक्रममा ३ जना सहकारी अभियन्तालाई एक साथ सम्मान गरीएको थियो । संस्थाले गत वर्ष कोभिडका कारण सम्मानित ब्यक्तित्वलाई उपस्थित गराउन नसकेपछि घोषण गरेर राखेको सम्मान यस वर्ष एकसाथ गरेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले बताए ।

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७७ बाट जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाल र पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७८ बाट नेफ्स्कुनका पूर्व अध्यक्ष एवं महासंघका सञ्चालक डिबी बस्नेतलाई ताम्रपत्र, दोसल्ला र जनही ११ हजार १११ नगदसहित सम्मानित गरेको हो ।

सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सक्रिय भूमिका खेलेको भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेको हो । यस अघि पनि संस्थाले सहकारी अभियानका अग्रजहरुलाई सम्मान गरिसकेको छ । अध्यक्ष पाठकले अग्रजको सम्मानका लागि आफुहरुले संस्था स्थापना भएदेखि नै सम्मान कार्यक्रमलाई निरन्तर गर्दै आएको बताए।

सहकारी क्षेत्रमा लागेर आम सदस्य र समुदायको उन्नतिकालागि आफ्नो जीवन व्यतित गर्ने अभियन्ताहरुको कामको कदर गर्ने उद्देश्यले हरेक वर्ष स्थापना दिवसको अवसरमा फरक व्यक्तित्वलाई सम्मान गर्दै आएको उनले बताए । संस्था स्थापना हुँदाको बेला स्मरण गर्दै उनले शुरुका वर्षमा बाटोमा पाल टाँगेर वार्षिकोत्सव मनाएको उल्लेख गरे ।

सरकारको कुल बजेट ७ सय अर्ब नभएको भन्दै उनले सहकारीमार्फत ७ सय अर्ब पुँजी संकलन भएकाले त्यसलाई सही ठाउँमा लगानी गर्न सके आर्थिक समृद्धि प्राप्त हुने बताइन् । पुँजी भनेको हल्लाको मार्केट भएकाले सानातिना हल्लाले पनि पुँजीलाई हल्लाउन सक्ने हुँदा आम सदस्यको विश्वास जितेर सहकारीहरु अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छन् ।  उनले पुँजी र जनसहभागिता धेरै भएको ठाउँमा नियमनको आवश्यकता पर्ने औल्याइन् ।सदस्यले बचतको सुरक्षा र लगानीको प्रतिफल खोज्ने भएकाले राज्यले नियमन गर्नुपरेको उनको भनाई थियो ।

मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था रहेकोमा १४ हजार सहकारीले बचत ऋणको कारोबार गर्ने हुँदा नियमन अपरिहार्य रहेको उनले जनाइन् । सहकारी विभागको श्रोतसाधनले बचतऋण सहकारीको नियमन गर्न नसक्ने भन्दै उनले विभागले उत्पादन उपभोग र वितरणका क्षेत्रमा मात्र सघाउन सक्ने उल्लेख गरिन ।

सरकारको कुल बजेट ७ सय अर्ब नभएको भन्दै उनले सहकारीमार्फत ७ सय अर्ब पुँजी संकलन भएकाले त्यसलाई सही ठाउँमा लगानी गर्न सके आर्थिक समृद्धि प्राप्त हुने बताइन् । पुँजी भनेको हल्लाको मार्केट भएकाले सानातिना हल्लाले पनि पुँजीलाई हल्लाउन सक्ने हुँदा आम सदस्यको विश्वास जितेर सहकारीहरु अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

मिश्रित अर्थतन्त्रमा सहकारीलाई राज्यले महत्व दिएकाले सहकारीले पनि सोही अुनरुप आफ्नो भूमिकालाई दरिलो बनाउनुपर्ने उनको सुझाव छ । अमेरिकामा सहकारी पुँजीवादी मोडलबाट जन्मिएकाले पुँजीवादी मोडलबाटै अगाडि बढ्यो, रसियाको सहकारी समाजवादी मोडलबाट जन्मेकाले समाजवादी मोडलमा हिँड्यो, नेपालको हाइब्रिड तरिकाको सहकारी अभियान भएकाले नियमन गर्न कठिन भएको उनको भनाइ छ ।सहकारीमा महिला सहभागिता उल्लेख्य रहेकाले महिलाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र आयआर्जनमा समेत जोडेर लैजानसके उपलब्धीमूलक हुने उनले बताइन ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष विजया मल्लले स्वागत मन्तब्य राखेकी थिइन भने संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर नियमित रुपमा ५ र १० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि दिपक प्रकास बाँस्कोटाले २०७९ सालको क्यालेण्डर र संस्थाको स्मारिका विमोचन गरेका थिए ।



Leave a comment