काठमाडौं । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा सहकारीकर्मीको दौडधुप बढेको छ । चुनावमा उम्मेदवारीका लागि टिकटको लविङ गर्दै सहकारीका नेताहरु पार्टी नेतृत्वसँग लबिङमा लागेका हुन् ।
देश संघीयतामा गएसँगै स्थानीय तहको निर्वाचनलाई आकर्षक पदको रुपमा हेरिन थालिएको छ । प्रारम्भीक सहकारीदेखि जिल्ला तथा केन्द्रीय संघको नेतृत्व गरेका सहकारीकर्मी निर्वाचनमार्फत राजनीतिमा प्रवेश गर्न चाहान्छन् । खासगरी स्थानीय तहमा तीनै तहको (कार्यकारी, न्यायिक र संसदीय) अधिकार प्रयोगको व्यवस्था भएकाले पनि अधिकांशको सहकारीकर्मी मेयर, उपमेयर, गाउपालीका अध्यक्षमा आकर्षित देखिएका हुन् । सहकारीकर्मी स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य बन्न लबिङ गरिरहेका छन् ।
नेकपा एमालेका प्रदेश सांसद प्रकाश श्रेष्ठले यसपाली स्थानीय तहमा सहकारीका लागेका व्यतिहरूले प्राथमिकता पाउने बताउँछन् । ‘सहकारीमा लागेका धेरैको सिफारिस आएको छ’ उनले भने,‘टिकट पाउनेमा पनि उहाँहरुकै संभावना बढी बलियो छ ।’
निर्वाचन नजिकिदैँ गएकाले अधिकांश राजनीतिक दलले उम्मेदवार छान्न अन्तिम प्रयास गरिरहेका छन् । संभवतः बुधबार बेलुकासम्म नभए एक दुई दिनमा धेरै पार्टीले स्थानीय तहका उम्मेदवार छनोट गर्ने तयारी गरेका छन् ।
देशभर ३० हजार सहकारीमा ७३ लाख व्यक्ति आबद्ध छन् । सहकारीका सदस्यले पार्टी मात्र नहेरी सहकारीका नेता हेरेमा पनि भाेट हाल्ने भएकाले निर्वाचन धेरै प्रभावित हुने सहकारीका अगुवाहरु दावी गर्छन् । राजनीतिककर्मीहरुले पनि सहकारीलाई उच्च महत्व दिएर भोट तान्ने प्रयास गर्छन् ।
स्थानीय तहको निर्वाचनका लागि सहकारी संस्थाको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका आधा दर्जन बढी सञ्चालकहरु दौडधुपमा छन् । महासंघका सञ्चालकहरु अमृता सुब्बा, पद्मा गुरुङ, बालकुमारी श्रेष्ठ, लक्ष्मी शर्मा विभिन्न पदमा आकांक्षी छन् । सुब्बा इटहरी नगरपालिका, गुरुङ डढेल्ढुराको अमरगढी गाउँपालिका, शर्मा बदिर्याको मधुवन नगरपालिकाको मेयर र श्रेष्ठ सिन्धुलीको कमलामाई नगरपलिककाको उप मेयरमा आकांक्षी हुन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरु मेयर तथा उपमेयर उम्मेदवारका आकांक्षा छन् । सञ्चालक सञ्चालक हरिहर योगी सुर्खेतको विरेन्द्रनगरको मेयर, सञ्चालकहरु सरिता भट्टराई सूर्यविनायक नगरपालिका र विजया धिताल बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपमेयरका आकांक्षी हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का आधा दर्जन सञ्चालकहरु आकांक्षी देखिएका छन् । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नै बर्दघाटको मेयरका दावेदार हुन् । उनी सहकारी, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकाले मेयरमा पार्टीबाट टिकट पाउने संभावना बलियो देख्छन् ।
महासचिव दामोदर अधिकारी बदिर्याको ठाकुरबाबा नगरपालिकामा आकांक्षी हुन् । कोषाध्यक्ष दिपक पनेरु चन्द्रागिरी नगरपालिका र सञ्चालक चण्डिप्रसाद शर्मा बाग्लुङ नगरपालिमा मेयरका आकांक्षी हुन् । यस्तै सञ्चालकहरू यज्ञराज ढकाल सुर्खेतको भेरीगंगा गाउँपालिका, जिवसराज खड्काको दोलखाको तामाकोसी गाउपालिकामा अध्यक्षकाे दावेदार छन् ।
कास्कुनमा भने सञ्चालकहरु पुरुषोतम नेपाल, शालिकराम पुडासैनी, राजकुमार खड्का पनि आकांक्षी छन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरु मेयर तथा उपमेयर उम्मेदवारका आकांक्षा छन् । सञ्चालक सञ्चालक हरिहर योगी सुर्खेतको विरेन्द्रनगरको मेयर, सञ्चालकहरु सरिता भट्टराई सूर्यविनायक नगरपालिका र विजया धिताल बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपमेयरका आकांक्षी हुन् ।
सञ्चालक भट्टटराईले टिकट पाउने संभावना बलियो रहेको र माहोल राम्रो रहेको बताइन् ।
सहकारीमार्फत जनतामा भिजेका नेताहरु राजनीतिमा लागेर पनि सफलता पाउनेमा ढुक्क छन् । तर, सहकारीलाई आधार बनाएर नेताहरु धमाधम राजनीतिक पार्टीमा सक्रिय हुँदा सहकारी आन्दोलन भने ओझेलमा पर्ने गरेको भन्दै आलोचना समेत हुने गरेको छ । ।
Leave a comment