काठमाडौं । स्वीकृति नलिई भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने सहकारी कारवाहीमा पर्ने भएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिने ४ वटा सहकारी संस्थालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
समितिले अनुगमनका क्रममा ती सहकारीले स्वीकृति नलिई क्यालेन्डर प्रकाशन गरेको भेटेको थियो ।
समितिका अनुसार स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गर्ने टंगालस्थिल हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था, न्यूरोडस्थित अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था, धनप्राप्ति बहुउद्देश्यीय सहकारी संस्था र धापासीको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थालाई समितिले कारवाही गरेको हो ।
२०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा ९(ञ) र ९(ठ) मा स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वीकृति नलिई क्याडेन्र प्रकाशन भएमा कारबाही गरिने सूचना सार्वजनिक गरेको थियो ।
क्यालेण्डर छाप्नुपूर्व स्वीकृति लिनको लागि समितिले शुल्क तोकेको छ । जसमा मूल्यसूची नराखी आन्तरिक प्रयोजनको लागि छापिएको लागि ५ हजार रुपैयाँ र मूल्य राखेर बजारमा पठाउने क्यालेण्डरको लागि स्वीकृतिबापत १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
Leave a comment