दुईदिने नेशनल युथ फोरमले जारी गर्यो सात बुँदे घोषणा पत्र 

दुईदिने नेशनल युथ फोरमले जारी गर्यो सात बुँदे घोषणा पत्र  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरम सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणा—पत्र 

सहकारी मार्फत युवाहरुको उद्यमशिलता विकास गर्दै उत्पादन बृद्धि मार्फत आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासंघ लि।

नेपालद्वारा काठमाडौंमा २०७८ चैत्र २५ र २६ गते आयोजित “सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८” मा हामी देशभरबाट सहभागी युवा सहकारीकर्मीहरुले यो घोषणा-पत्र जारी गर्दछौं ।

१. सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने ।

२. युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने ।

३. युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने ।

४. सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने ।

५. सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने ।

६.सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने ।

७. सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने ।



Leave a comment