हाइलाइट

सहकारी बिना उत्पादन क्षेत्र अघि बढ्न सक्दैन 

सहकारी बिना उत्पादन क्षेत्र अघि बढ्न सक्दैन  :: Sahakari Akhabar

काठमाडौं । देशमा उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन् । सहकारी उद्यमशिलता वृद्धि गर्नका लागि शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा सम्मेलनमा बोल्ने बक्ताहरुले युवाहरुलाई सहकारीमा आकर्षित गरी उद्यमशिलता विकास गर्न सकेमात्र उत्पादन क्षेत्र अघि बढ्ने बताएका हुन् ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीलाई संविधानमै आर्थिक खम्बाका रुपमा स्विकार गरी प्राथमिकता दिएको उल्लेख गर्दै केहि समस्या भए समाधान गर्न तयार रहेको बताए । अर्थतन्त्रका आधार स्विकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारीबिना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे ।

उनले युवाहरुलाई आफ्नो अधिकारका लागि सक्रिय हुन समेत सुझाव दिए । ‘रातो कार्पेट दिनेवाला छैनन्’ उनले भने, ‘आफ्नो अधिकारका लागि हस्तक्षेप गर्नुहोस्’

राष्ट्रिय सहकारी महासंघ युवा समन्वय उपसमितिका संयोजक तथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारी उपयुक्त मोडल भएको बताए । सहकारीमार्फ धेरै युवाहरुले पुँजी संकलन गरेर व्यवसाय गर्न सक्ने भएपनि अहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको उनले गुनासो गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाल बडाले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गरे । शनिबारसम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल रहेको छ । यसैगरी युवा उद्यमीहरुको अनुभव आदानप्रदान कार्यक्रम समेत राखिएको संयोजक ढकालले जानकारी दिए ।

 



Leave a comment