काठमाडौं । संघिय सरकारको सहकारी विकास बोर्डको विशेषज्ञ सदस्यमा माधवप्रसाद तिमल्सिना मनोनित भएका छन् । चैत २२ गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट उनलाई कार्यकारी समितिको विशेषज्ञ पदमा मनोनित गरेको हो ।
नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघका सचिव रहेका तिमल्सिना ललितपुरस्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका छन् । उनी बहुउद्देश्यीय केन्द्रीय संघमा अध्यक्षमा दावेदार समेत हुन् ।
Leave a comment