उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीयलाई मात्र अनुमति
काठमाडौं । सरकारले सहकारी संस्थाहरुलाई उद्योग खोल्न पाउने व्यवस्था गरेको छ । औद्योगिक व्यवसाय ऐन कार्यान्वयनका लागि औद्योगिक व्यवसाय नियमावली जारी गर्दै सहकारीले उद्योग दर्ता गर्न पाउने व्यवस्था गरेको हो ।
सोमबार जारी भएको औद्योगिक व्यवसाय नियमावली–२०७८ मा उत्पादक, उपभोक्ता, श्रमीक र बहुउद्देश्यीय सहकारी संघ वा संस्थाले उद्योग खोल्न सक्ने व्यवस्था गरिएको छ । तर, बचत तथा ऋण कारोबार गर्ने वित्तीय सहकारी संस्थाहरुलाई भने उद्योग स्थापना गर्न बन्देज लगाइएको छ ।
यसअघि सहकारी संस्थाहरुले उद्योग खोल्न पाउने व्यवस्था थिएन । उक्त प्रावधानका लागि सहकारीकर्मीले लविङ गर्दै आएका थिए । हालसम्म उद्योग खोल्नका लागि सहकारी संस्थाहरुले छुट्टै कम्पनी दर्ता गर्दै आएका थिए । अब सहकारीकै नाममा उद्योग खोल्न सकिने भएको छ ।
उद्योग खोल्न चाहाने सहकारी संस्थाहरुले संस्थाको विनियम, उद्योग संचालन गर्न साधारणभाले गरेको निर्णय, उद्योग स्थापना हुने स्थानिय तहको सिफारीस अघिल्लो आर्थिक वर्षसम्मको लेखापरिक्षण प्रतिवेदन र सेयर सदस्यको लगत सहितको विवरणसहित आवेदन दिन सक्ने उद्योग विभागले जनाएको छ ।
Leave a comment