उत्पादन, बजारीकरण र उद्यमशिलतामा जाने झापाका सहकारीकर्मीको उद्घोष:  घोषणा पत्र सहित 

उत्पादन, बजारीकरण र उद्यमशिलतामा जाने झापाका सहकारीकर्मीको उद्घोष:  घोषणा पत्र सहित  :: Sahakari Akhabar

काठमाडौं । झापा जिल्लाका सहकारीकर्मीहरुले सहकारी व्यवसायलाई उत्पादन, बजारीकरण र उद्यमशिलताको श्रृंखलातर्फ लैजाने प्रतिवद्धता गरेका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ को अवसरमा झापा घोषणापत्र जारी गर्दै उनीहरुले सहकारी क्षेत्रलाई नीति, विधी र प्रविधी मैत्री बनाउने, अभियान र संस्थाबिच अन्तरसम्बन्ध विकास गर्ने, कानुनलाई सहकारी मैत्री बनाउन पहल गर्नेलगायतका ९ बुँदे घोषणा गरेका छन् ।

झापामा सहकारीमार्फत बचत तथा ऋण कारोबारका साथै उपभोक्ता पसल, कृषि उत्पादन, बाख्रापालक, गाईपालन, व्यवसायीक खेतीलगायतका काम भइरहेको छ । झापाका सहकारी संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पहिचान स्थापित गरेका छन् ।

सहकारी दिवसको अवसरमा चैत १९ र २० गते विर्तामोडस्थित सिटी सेन्टरमा सम्मेलन भएको थियो । सम्मेलनमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत विभिन्न क्षेत्रका विज्ञहरुको कार्यपत्र प्रस्तुतीका साथै विविध विषयमा छलफल भएको थियो । सम्मेलनमा मिडिया सहयोगीका रुपमा सहकारी अखबारले पनि सहकार्य गरेको थियो ।

यस्ता छन् ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ का घोषणा 

►    सहकारी क्षेत्रलाई नीतिविधी र प्रविधी मैत्रीबनाउनहामीप्रतिवद्व छौं ।
►   सहकारी अभियान र संस्था बिच अन्तरसम्बन्ध बिकास गर्न हामीप्रतिवद्व छौं ।
►  सहकारी व्यवसायलाई उत्पादन, बजारीकरण र उद्यमशिलताको श्रृंखला उन्मूख गराउन समन्वयकारी भुमिका खेल्ने हामीप्रतिवद्व छौं ।
►   संस्थामा संस्थागत विकास वित्तीय व्यवस्थापन एवम् सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन हामी प्रतिवद्व छौं ।
►  बिद्यमान सबै तहगत सहकारी ऐन, कानूनहरु कार्यान्वयन गर्ने तथा सो कानूनमा ब्यवस्था भएका सन्दर्भ ब्याजदरलगायतका ब्यवस्थालाई सहकारीमैत्री बनाउन पहल गर्न हामी प्रतिवद्व छौं ।
►  राष्ट्रिय अर्थतन्त्रमा सहकारी योगदानको बास्तविक तथ्यांक पहिल्याउन राष्ट्रिय गणनामा समाबेश गर्ने निरन्तर पैरबी गर्न हामी प्रतिवद्व छौं ।
►  संस्थाको कारोबारको सूरक्षाको पुर्ण प्रत्याभूती गर्ने गराउने दिशामा सहकारी अभियान र संस्थालाई अग्रसर गराउन हामी प्रतिवद्व छौं ।
►   सदस्यसँग नियमित समन्वयगरी तरलताको समस्या समाधानका लागि नियमित बचत र ऋाको कारोबार गर्न गराउन हामी प्रतिवद्व छौं ।
►   सदस्य, सञ्चालक, व्यवस्थापन र सूपरिवेक्षण समितिलाई सहकारी तालिम प्रशिक्षण नियमित सञ्चालन गरी क्षमता अभिबृद्धि गरि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न हामी प्रतिवद्व छौं ।



Leave a comment