झापा । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना भइरहेको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ लाई आइतबार सम्बोधन गर्दै मन्त्री सरावगीले भने, ‘सहकारी क्षेत्रलाई अघि बढाउन सरकार प्रतिवद्ध छ, कुन कुन समस्या छ भन्नुहोस् समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु’ उनले सहकारी क्षेत्रलाई उत्पादन क्षेत्रमा लाग्न सुझाव दिए ।
जिल्ला सहकारी संघको आयोजनामा विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा सुरु भएको सम्मेलनमा ४ सय भन्दा बढि सहकारीकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनमा सहकारीका विविध विषयहरुमा विज्ञहरुको प्रस्तुती तथा छलफल भइरहेको छ ।
Leave a comment