ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको निर्वाचनमा नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु विभाजित भएका छन् । पार्टीगत निर्णय नमान्ने भन्दै राजेन्द्र पौड्यालले छुट्टै प्यानलसहित उम्मेदवारी दिएपछि कांग्रेस निकट सहकारीकर्मी विभाजित भएका हुन् ।
कांग्रेस, एमाले, माओवादी र नेकपा समाजवादी दल निकट सहकारीकर्मीले गठबन्धन बनाएपछि पौड्यालले छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
केदार गोर्खाली अध्यक्ष रहेको गठबन्धन प्यानलमा कांग्रेसलाई अध्यक्षसहित ७, एमालेलाई सचिव र लेखा संयोजक सहित ६, माओवादीलाई कोषाध्यक्षसहित ४ र समाजवादीलाई उपाध्यक्षसहित २ पद बाडिएको छ ।
दलिय गठबन्धनको विरोधमा आफुले विद्रोह गरेको अध्यक्षका दावेदार पौड्यालले बताए । तर, उनको प्यानलमा कांग्रेस निकट सहकारीकर्मी नै रहेका छन् ।
कांग्रेसका असन्तुष्ट पक्षले उनको प्रचारप्रसार गरिरहेका छन् । पौड्याल पनि यसअघि पार्टीकै कोटामा राष्ट्रिय सहकारी महासंघको संचालक बनेका थिए ।
संघका अध्यक्ष माधव दुलालले भने सर्वसम्मतबाट नेतृत्व चयन गर्न पहल गरेपनि केहि साथीहरुका कारण सम्भव नभएको आरोप लगाए । नयाँ नेतृत्व चयनका लागि चैत्र २० आईतबार निर्वाचन हुदैछ ।
Leave a comment