झापा को–अपरेटिभ सम्मेलन सुरु 

झापा को–अपरेटिभ सम्मेलन सुरु  :: Sahakari Akhabar

झापा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ शनिबारबाट सुरु भएको छ ।

जिल्ला सहकारी संघको आयोजनामा विर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा सुरु भएको सम्मेलनमा ४ सय भन्दा बढि सहकारीकर्मीहरुको सहभागिता रहेको संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।

कार्यक्रमको शनिबार प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले गरे । कार्यक्रममा जिल्लाका सहकारीकर्मी, सहकारी अभियानका नेता, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको छ । २ दिनेसम्म चल्ने सम्मेलनमा सहकारीका विविध विषयहरुमा छलफल हुनेछ ।

राष्ट्रियरुपमा मात्र सहकारीको सम्मेलन गर्ने प्रचलन रहेकोमा पहिलो पटक जिल्लास्तरमा पनि झापामा सम्मेलन आयोजना गरिएको उपाध्यक्ष महेन्द्र कुमार गिरीले जानकारी दिए । सम्मेलनमा जिल्लाका सहकारीको सम्भावना, अवसर र चूनौतिका विषयहरुमा छलफल हुनेछ ।

सम्मेलनमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व रजिष्ट्रार तथा सहकारी विज्ञ सुदर्शनप्रसाद ढकाल, नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरेल, सहकारी प्रशिक्षक कुवेर निरौलाको कार्यपत्र प्रस्तुती र छलफल रहेको छ । सम्मेलनमा पूर्वराजदुत महेशराज दाहालको उत्पेरणासम्बन्धी प्रशिक्षण समेत रहेको छ । 



Leave a comment