काठमाडौं । सहकारी संघ संस्था दर्ता, प्रवद्र्धन र अनुगमन गर्ने संघिय सरकारको निकाय सहकारी विभागमा रजिष्ट्रारको रुपमा रुद्रप्रसाद पण्डितले जिम्मेवारीसम्हालेको एक महिना पुरा भइसकेको छ । समस्या नै समस्याभएको सहकारी क्षेत्र सुधार्ने जिम्मेवारी बोकेका उनले रजिष्ट्रारको लिस्टमा नाममात्र थप्छन् वा केहि काम गर्न सक्छन् भनेर यति बेला अनुमान मात्र गर्न सकिन्छ ।
छिटो-छिटो सरुवा हुने विभागमा आँटिलो व्यक्ति रजिष्ट्रार नहुँदा सहकारी क्षेत्र सुधार नभएको विश्लेषण छ नि भन्ने सहकारी अखबारको प्रश्नमा पण्डितले आँटिलो हो या हैन भन्ने विषयमा आफ्नो कामले पुष्टि गर्ने बताए ।
सहकारी ऐन-२०७४ र नियामावली-२०७५ को व्यवस्था कार्यान्वयन गर्दै सहकारी क्षेत्रमा सुशासन कायम गर्नमा आफ्नो मुख्य जोड रहने रजिष्ट्रार पण्डितले बताए । सहकारी अनुगमनका लागि रजिष्टर्ड अडिटरको सूचि तयार पारी समस्या भएका संस्थाहरुमा पठाउने तयारी भइरहेको समेत उनले बताए ।
अनलाईन प्रविधिमा आधारित अनुगमनका लागि कोपोमिसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समेत उनको योजना छ । कर्जा सूचना केन्द्र र स्थिरिकरण कोष संचालनका लागि आफुले प्रक्रिया अघि बढाएको र ऐन कानुनका अन्य विषय समेत कार्यान्वय गर्दै लैजाने उनले बताए । अखबारसँगको अन्तर्वार्ताका क्रममा रजिष्ट्रार पण्डितले सहकारी क्षेत्रमा आफ्नो अनुभवदेखि सहकारी क्षेत्र सुधार्ने आफ्नो भिजन समेत सुनाएका छन् ।
उनीसँग अखबारले गरेको विस्तृत कुराकानी सहकारी दिवसको अवसरमा चैत २० गते प्रकाशित हुनेछ ।
Leave a comment