पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त

पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त :: Sahakari Akhabar

काठमाडौं । पूर्व राजदूत अन्जान शाक्यले इजरायलको सहकारी मोडेल अनुरुप कृषिको रुपान्तरण गर्न सकिने बताइन् । नेपाल कृषि उर्वर भूमि भएता पनि खर्बौको कृषि आयात हुनु दुखःद भएको उनको भनाइ छ । 
इजरायलमा यहाँको सहकारी मोडेलका किबुजमार्फत देश रुपान्तरण भएको उनले अनुभव सुनाइन् । नेपालमा पनि सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने उनको भनाइ छ ।

नेपालमा सहकारीको संख्या उल्लेख्य भएपनि कृषि उत्पादन, बजारीकरण, प्रशोधन, प्याकेजिङ तथा लेभलिङमा जान नसकेको बताइन् । तर, पछिल्लो समयमा इजरायलको अनुभवबाट नेपालीहरुले सिकेर नेपालमा पनि सहकारी मार्फत आर्थिक रुपान्तरण गर्न थालेको बताइन् ।

इजरायलको किबुजीमा एकले अर्र्कालाई प्रोटेक्सन गर्दै सहकार्य गर्ने परम्परा रहेको उनले बताइन् । किबुजुमा परिवार, इष्टमित्र, छिमेकी, साथीभाई मिलेर सँगै बस्ने, खाने र काम गर्ने संस्कार रहेको बताइन् । ‘समुदायभित्र चाहिने सबै चिज किबुजीमा हुन्छ’ उनले भनिन्,‘आफैले उत्पादन गरेको वस्तु आफैले किनेर खानुपर्छ ।’ खेतीपाती गर्ने, स्कुल, कलेज, अस्पताल किबुजुमार्फत सञ्चालन गरिएको हुन्छ । आम्दानीको रकम कोषमा राख्ने गरिन्छ ।

‘कामको बाँडफाड गरिएको हुन्छ, स्किलअनुसार काम गर्न पाउँछन् ।’ इजरायलमा त्यस्ता किबुजी हजारवटा छन् । त्यहाँ समुदाय विकसित भएर राष्ट्र नै विकसित भएको हो । इजरायलीहरु अहिले एकीकृत कृषि फार्म गर्दै आएका छन् । ‘आपसमा बाटर सिष्टमबाट पनि उत्पादन आदान प्रदान गरिन्छ’ उनले भनिन् । काम फरक फरक हुँदै गएपछि आफैले कमाएको सम्पति आफै राख्नुपर्छ भन्ने कन्सेष्टबाट मोसाब आएको उनले बताइन्।

‘मोसाब किबुजी जस्तै विकसित रुप हो’ उनले भनिन्,जग्गा एकीकृत गरी ठूलो स्केलमा उत्पादनका काम हुन्छ’ उनले भनिन्, मोसाब हामीलाई उपयुक्त हुन्छ, सहकारीले इजरायलको मोसाब मोडल ग्रहण गर्दा उत्पादन र बजारीकरण बढ्न सघाउँछ ।’ जसको जति उत्पादन हुन्छ, एकैठाउँमा राखेर आम्दानी सकिने भएकाले सहकारीले सबै व्यक्तिलाई उद्यमी बनाउने उनले बताइन् ।

लमजुङमा १ सय २७ जना इजरायलबाट फर्केका युवाले त्यसरी काम सुरु गरेका छन् । ‘व्यापकरुपमा देशव्यापीरुपमा जान सकिन्छ, यसो हुन देशको परनिर्भरता घट्छ ।’ सहकारी कृषि उत्पादनमा लाग्न सके अहिलेजस्तो १३ अर्बको तरकारी, २० अर्बको फलफूल आउन पूर्णतया रोक्ने सकिने उनले विश्वास व्यक्त गरिन् ।

स्वदेशी उत्पादन उपयोग गर्र्नैपर्छ भन्ने चेतना जागृत गर्दै राष्ट्रिय उत्पादन खपत गर्नैपर्ने प्रावधान ल्याउनुपर्छ’ उनले भनिन्,‘कृषि उत्पादन र बजारीकरणमा जान सरकारले सहयोग र संरक्षण गर्नैपर्छ ।’ ‘खेतमा किसान मात्र नभई निजी क्षेत्र, बैंकिङ, डेपलपमेन्ट पाटर्नरलगायत सबै सरोकारवाला सेयर होल्डर भएर काम गर्न सके कृषिमा रुपान्तरण गर्न सकिन्छ’ उनले भनिन् । किसानले धान्नै नसक्नेगरी ऋण लिने र प्रतिफल नपाउने अवस्था हटाउन एकताबद्ध भएर उत्पादनमा जानुको विकल्प नभएको उनले बताइन् ।



Leave a comment