पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघको एकिकरण 

पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघको एकिकरण  :: Sahakari Akhabar

काठमाडौं । कृषि विषयमा धेरै वटा सहकारी संघहरू रहेको भन्दै आलोचना भइरहेका बेला पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघ एकिकरण भएका छन् । दुवै केन्द्रीय संंघ एकीकृत भई पशुपन्क्षीपालन मत्य सहकारी केन्द्रीय संघ गठन भएको छ ।

एकीकृत संघको अध्यक्षमा पशुपंक्षीपालनका अध्यक्ष बाबुराम अधिकारी चयन भएका छन् । यसैगरी दुवै संघको संचालक समिति गरी १९ जनाको संचालक समिति समेत गठन गरिएको छ । साधारणले नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको अध्यक्ष अधिकारीले बताए ।

मत्यपालन सहकारीको २ जिल्लामा जिल्ला संघ र ३५ वटा प्रारम्भिक संस्था गठन भएको छ । यसैगरी देशभर ५४ वटा पशुपन्छीपालन सहकारी संस्था संक्रिय रहेका छन् । दुवै संघको विषय एक अर्कामा सम्बन्धित भएकाले एकीकरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसअघि तरकारी तथा फलफुल र विउविजन सहकारी संघ एकीकरण भएर कृषि विउविजन, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघ बनेको थियो । कृषि सहकारी केन्द्रीय संघ बाहेक कृषि विषयमा आधा दर्जन केन्द्रीय संघहरु सक्रिय छन् ।

कृषि सहकारीहरुको एकमात्र केन्द्रीय संघ बन्नुपर्ने आवाज उठेपनि कार्यान्वयन हुन सकेको छैन । बचत तथा ऋणको कारोबार गर्ने साना किसान सहकारीहरुलाई लिएर कृषि सहकारीको केन्द्रीय संघ गठन भएको त्यसले कृषि सहकारीहरुलाई वेवास्ता गर्ने गरेको सहकारीकर्मीहरुको गुनासो छ ।



Leave a comment