ललितपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले विशेष समारोह गर्ने भएको छ । सरकार र सहकारी अभियानले संयुक्तरुपमा गर्न लागिएको समारोहमा बिबिध कार्यक्रम तय गरिएको छ ।
भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी महासंघको संयुक्त सभामा यो वर्षको थिमका बिषयमा विषय विज्ञद्धारा कार्यपत्र प्रस्तुती हुने जनाइएको छ । साथै यस वर्षको पुरस्कारहरूको घोषणा गर्ने पनि कार्यक्रम रहेको छ । संघले चैत १९ गते शनिवार अपरान्ह साढे १२ बजे महासंघको सभाहलमा विशेष समारोह हुने जनाइएको छ ।
राष्ट्रिय सहकारी महासघंले अघिल्लो वर्ष नै तय गरेको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । नेपालमा बखान ऋण समिति स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते सहकारी दिवस मनाइदै आएको छ । दिवसका अवसरमा सहकारी संघ संस्थाहरुले विविध कार्यक्रम तय गरेका छन् ।
Leave a comment