दिवस मनाउन सरकार र सहकारी अभियानको आ–आफ्नै तयारी 

दिवस मनाउन सरकार र सहकारी अभियानको आ–आफ्नै तयारी  :: Sahakari Akhabar

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि सरकार र सहकारी अभियानले आ–आफ्नै ढंगले तयारी अघि बढाएका छन् । सहकारी अभियानको तर्फतबाट राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसको थिममा आधारित रही अन्तरक्रिया गोष्ठी तथा पुरस्कार घोषणा कार्यक्रम तय गरिसकेको छ  । सरकारको तर्फबाट संघिय सहकारी विभागले दिवसका लागि कार्यक्रम तय गर्नका लागि छलफल सुरु गरेको छ ।

विभाले अहिलेसम्म कुनै औपचारिक कार्यक्रम तय नगरेको र छलफलबाट तय गरिने विभागका प्रवक्ता टोलराज उपाध्ययले जानकारी दिए । सहकारी दर्ता तथा नियमनको अधिकारी प्रदेश तथा स्थानिय सरकारसम्म भएकाले प्रदेश तथा पालिकाहरुले पनि सहकारी दिवसको छुट्टाछुट्टै तयारी गरेका छन् ।

कतिपय ठाउँमा सरकार र सहकारी अभियान संयुक्त तथा कतिपय ठाउमा छुट्टाछुट्टै कार्यक्रम तय भएको बताइएको छ । यसैगरी सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले विगत वर्षहरुमा जस्तै सहकारी दिवसको कार्यक्रम तय गरेको छ ।

दिवसको अवसरमा चैत १९ गते अन्तरक्रिया गोष्ठी तथा पुरस्कार घोषणा समारोह कार्यक्रम गर्ने तय भएको महासंघका सहायक महाप्रवन्धक वावुल खनालले जानकारी दिए । महासंघकै सभाहलमा सहकारी दिवसको थिममा रहेर कार्यपत्र प्रस्तुती तथा छलफल गर्दैछ ।

महासंघले यस वर्षका लागि अघिल्लो वर्षका लागि तय गरेको नारा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नारालाई यस वर्षका लागि समेत निरन्तरता दिएको छ । दिवसको अवसरमा महासंघले उत्कृष्ट सहकारी संघसंस्था तथा व्यक्तिहरुलाई पुरस्कारको घोषणा समेत गर्नेछ ।

सहकारी दिवसको अवसरमा घोषण गरी अन्तर्राष्ट्रिय सहकारी दिवसमा पुरस्कृत गर्ने परम्परा रहेको छ । सहकारी अभियानबाट सप्ताहाव्यापी रुपमा सहकारी दिवसका कार्यक्रमहरु हुन थालेको महासंघका सहायक महाप्रवन्धक खनालले बताए ।

जिल्ला जिल्लामा दिवसको अवसरमा सरसफलई, रक्तदान, अन्तरक्रिया गोष्ठी, स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु आयोजना भइरहेको उनले जानकारी दिए ।  २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण समितिको नाममा सहकारी स्थापना भएको सम्झनामा नेपालमा हरेक वर्ष चैत २० गते सहकारी दिवस मनाईदै आएको छ ।



Leave a comment