चितवन जिल्ला वचत संघको रजत महोत्सवमा ३५६ जनाले गरे रक्तदान

चितवन जिल्ला वचत संघको रजत महोत्सवमा ३५६ जनाले गरे रक्तदान :: Sahakari Akhabar

चितवन । चितवन जिल्ला वचत तथा ऋण सहकारी संघको रजत महोत्सवको अवसरमा ३५६ जनाले रक्तदान गरेका छन् । संघले २४ वर्ष पुरा गरि २५ वर्ष प्रवेश गरेको अवसरमा रजत वर्ष कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत संघले विभिन्न मितिमा आयोजना गरेको रक्तदान कार्यक्रम ३५६ जनाले रक्तदान गरेका हुन ।

रजत महोत्सवका अवसरमा फागुन ६ गते श्री उज्जवल महिला विकास सहकारी संस्थाको व्यवस्थापनमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले र फागुन ७ गते भरतपुर महानगरपालिकाको चनौली वजारमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।

त्यसैगरि फागुन १५ गते सामाजिक सेवा उपसमिति र भरतपुर महानगर साकोस संजालको व्यवस्थापनमा अथर्व साकोसको प्राङगणमा भएको रक्तदानमा ३३ जनाले रक्तदान गरेका थिए ।

त्यसैगरी फागुन १९ गते राप्ति नगरपालिका साकोस संजालको व्यवस्थापनमा भण्डारा बजार चोकमा भएको रक्तदानमा ४५ जनाले रक्तदान गरेको संघकी ब्यवस्थापक अनिता न्यौपानेले जनाइन् ।

रजत महोत्सवकै अवसरमा फागुन २० गते कालिका नगरपालिका साकोस संजालको व्यवस्थापनमा क्लवचोक स्थित, सुनौलो साकोसको प्रांगणमा भएको रक्तदानमा ३० जना तथा सिद्धिविनायक साकोस, फलफूल तथा तरकारी थोक व्यावसायी संघ, कृषी प्रवद्र्धन वजार विकासको आयोजनामा भएको खुल्ला रक्तदान मा ६३ जनाले रक्तदान गरेका थिए ।

फागुन २१ गते सामाजिक सेवा उपसमितिको संयोजन र माडि नगरपालिका साकोस संजाल उपसमिति, माडि जेसिस, नेरेसो बघौडा उपशाखाको व्यवस्थापनमा बसन्तपुर बजारमा भएको रक्तदानमा ७९ जनाले रक्तदान गरेका थिए ।

फागुन २५ गते ईच्छाकामना गाउपालिका साकोस संजाल उपसमितिको व्यवस्थापनमा भएको रक्तदानमा ३३ जनाले रक्तदान गरेको ब्यवस्थापक न्यौपानेले बताइन् । यसै अवसरमा संघले हाजिरीजवाफ, खेलकुद, स्वास्थ्य शिविरलगायतका कार्यक्रमका साथै सम्मान समेत गरेको जनाइएको छ ।

स्वास्थ्य परिक्षण

रजत महोत्सवको अवसरमा फागुन १२ गते संघले १ दिने “स्तन र पाठेघर सम्वन्धि प्रशिक्षण शिविर संचालन गरेको थियो । कार्यक्रम संघको महिला शसक्तिकरण उपसमितिको संयोजनमा नारी दिवसको सन्दर्भ पारेर गरिएको जनाइएको छ ।

विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रशिक्षण तथा परिक्षण कार्यक्रम स्वास्थ्य शिविरमा सहयोग गरेको थियो । कार्यक्रममा ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

भलिवल प्रतियोगिता

रजत महोत्सवकै अवसरमा संघले फागुन १३ गते पालिकास्तरीय संजाल समितिहरु बिच खुल्ला भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा भरतपुर महानगर, रत्ननगर, राप्ति र माडि साकोस संजाल उपसमिति सहभागी रहेको थियो । प्रतियोगितामा माडि नगरपालिका साकोस संजाल उपसमिति प्रथम, राप्ति नगरपालिका साकोस संजाल उपसमिति दोस्रो भएका थिए ।

हाजिरी जवाफ प्रतियोगिता

यसै अवसरमा संघले फागुन २० मा अतिरिक्त कार्यक्रम संचालन उपसमितिको संयोजनमा पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो । प्रतियोगितामा हिलवर्ड वोर्डिड स्कूल, भरतपुर प्रथम र भरतपुर मावि, भरतपुर द्धितिय भएका थिए ।

यस्तै अन्नपूर्ण मावि, पार्वतिपुरमा भएको हाजिरी जवाफ प्रतियोगितामा विजय कोअपरेटिभ ईग्लिस स्कूल प्रथम र अन्नपूर्ण मावि द्धितिय भएका थिए ।

त्यसैगरी कालिका नगरपालिका साकोस समन्वय उपसमिति अन्तर्गतका विद्यालयहरुमा भिमोदय मावि, पदमपुर प्रथम र पृथ्वी मावि जुटपानी द्धितिय भएका थिए ।

यस्तै माडि नगरपालिका साकोस समन्वय समिति अन्तर्गतका विद्यालयहरुमा जनजिवन मावि प्रथम र दिवाकर स्मृति मावि द्धितिय भएका थिए ।

राप्ति नगरपालिका साकोस समन्वय उपसमिति अन्तर्गतका विद्यालयहरुमा भण्डारा मावि प्रथम र वुद्ध शान्ति मावि द्धितिय भएका थिए।

त्यसैगरी ईच्छा कामना गाउपालिका साकोस समन्वय उपसमिति अन्तर्गतका विद्यालयहरुमा प्रगति पाठशाला मावि प्रथम र त्रीवेणी वराही मावि द्धितिय भएको जनाइएको छ ।

सम्मान

यस्तै रजत महोत्सवको अवसरमा फागुन २७ मा वचत संघ सामाजिक सेवा उपसमितिको व्यवस्थापनमा नेपालको पहिलो सहकारी वखानपुर सहकारी ऋण समिति, शारदानगर चितवनको स्थापनाकालिन सदस्य वर्ष ८१ का श्री ईन्द्रवहादुर गुरुङलाई अभिनन्दन पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

यसैगरी फागुन २८ गते सामाजिक सेवा उपसमितिको संयोजनमा भरतपुर १० स्थित मानव सेवा आश्रमका जेष्ठ नागरीक र वृद्धवृद्धाहरुलाई १ दिनको खाना खुवाउने कार्यक्रम गरिएको थियो ।

चैत्र २ गते वचत संघ २०५३ फाल्गुण २९ गते स्थापना भई २५ वर्ष पुरा भएको विशेष अवसरमा संघको कार्यालयमा शुभकामना आदानप्रदान गरी रजत महोत्सवका कार्यक्रम गरिएको संघले जानकारी दिएको छ ।

चैत्र ५ गते संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष मित्रराज दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघले संस्थापक सदस्य संस्थाहरु, स्थापनाकालीन अध्यक्ष लगायत समिति, पुर्व अध्यक्षहरु सोमराज खनिया, धनप्रसाद श्रेष्ठ, नवराज सापकोटा, तेजेन्द्रवहादुर खड्कालाई सम्मान गरेको थियो।

यस्तै निवर्तमान अध्यक्ष तेजेन्द्रवहादुर खड्का, पुर्व संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा रहेर योगदान गर्नुहुने सवैलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्षभरि उत्कृष्ट कारोवार गर्ने चार वटा सदस्य संस्थाहरुलाई सम्मान गरिएको थियो । संघमा काम गर्ने पुर्व कर्मचारीलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो भने हाल कार्यरत कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

समापन कार्यक्रम

समापन कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकाल, उपाध्यक्ष शान्ती अधिकारी, लेखा सपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे सहभागिता रहेको थियो।

त्यसैगरि प्रदेश बचत संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठ, भुमि व्यवस्था सहकारी तथा गरिविनिवारण मन्त्रालयका कानुन अधिकृत प्रकाश चापागाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । रजत महोत्सव मनाउन संघले ५४७ सदस्यीय मुल समारोह समिति गठन गरेको जनाइएको छ ।



Leave a comment