कसले लिनेछ ललितपुर जिल्ला संघको नेतृत्व ? आधा दर्जन आकांक्षी

कसले लिनेछ ललितपुर जिल्ला संघको नेतृत्व ? आधा दर्जन आकांक्षी :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघलाई चुनावी सरगर्मी छाएको छ । नयाँ नेतृत्व चयनकोलागि संघले निर्वाचन मिति समेत तोकिसकेको छ । चैत्र २० गते हुने चुनावले नेतृत्व छनोट गर्दैछ । नेतृत्वका लागि स्पष्टरुपमा उम्मेदवारी दावी नगरेपनि धेरैको आकंक्षा देखिएको छ ।

सकभर सर्वसहमतिबाट नेतृत्व लिने पक्षमा आधा दर्जनभन्दा बढी आकंक्षी देखिएका छन् । तर, निर्वाचन लड्ने अहिलेसम्मको माहोल देखिएको छैन । नयाँ नेतृत्वका लागि सहमति, नभए चुनावबाट नेतृत्व लिने पक्षमा खासै कोही देखिएका छैनन् ।

संघको नयाँ नेतृत्वका लागि स्पष्ट उम्मेदवार अझै कोही आइनसकेपनि अहिलेका अधिकांश सञ्चालक समितिमा रहेकाहरु नेतृत्व पाए हुन्थ्यो भन्ने लाइनमा उभिएका छन् । निर्वाचनका लागि उम्मेदावरले जोश देखाएका छैनन् ।

हालसम्म आकंक्षी देखिएकामा उपाध्यक्ष रामशरण बस्नेत, सञ्चालकहरु शशीधर पोखरेल, ईन्द्र घिमिरे, विनोद  डंगोल, केदार गोर्खाली र लेखा समिति संयोजक अनिलवीर बर्जाचार्य, सदस्य अम्बिकाप्रसाद थापा छन् । सहमति भए राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेल पनि संघको अध्यक्ष बन्ने आकंक्षा देखाएका छन् । नयाँ नेतृत्व सहमतिबाटै टुंगिने संभावना देखिएको छ ।

अध्यक्ष दुलालले अब संघको नेतृत्वबाट मुक्त हुने सार्वजनिकरुपमै घोषणा गरिसकेका छन् । संघमा ७ सय ८३ वटा संघसंस्था सदस्य छन् । चैत्र १३ गतेसम्म प्रतिनिधि पठाउने समय दिइएको छ । उपाध्यक्ष रामशरण बस्नेतले सहकारीको चुनावका अति राजनीतिकरण भएको भन्दै सकभर सहमतिमै नेतृत्व छनोट हुन सक्ने बताए ।

सञ्चालक इन्द्र घिमिरेले सहकारीको असल अभ्यास गर्ने पात्रमध्येबाट सर्वसम्मतीबाट नेतृत्व  गर्नुपर्ने बताउँछन् । ‘चुनावमा अति राजनीति भयो,’ उनले भने,‘निर्वाचन नगरीकन उपयुक्त व्यक्ति छनोट गर्नुपर्छ ।’ आउँदो चैत्र २० गते सहकारी दिवसको दिन जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व चयन हुँदैछ ।

संघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपीको सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) सँग साझेदारीमा तरकारी बजार सञ्चालन गर्न लागेको छ । २०७५ मा सम्झौता भएपनि संघले अझै बजार सञ्चालन गर्न सकेको छैन । अबको नेतृत्वले सिएमडीपीको सम्झौता अनुसार काम गर्न चुनौति देखिएको छ ।

बखान सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक चैत्र २० गते सहकारी दिवस मनाइन्छ । उक्त दिन प्रारम्भीक सहकारीले पनि कार्यक्रम गर्छन् । तर, सोही दिन जिल्ला सहकारी संघ ललितपुरको नयाँ नेतृत्व चयन हुने निर्णय गरिएकोमा सञ्चालकहरुले नै असहमति जनाएका छन् । सञ्चालक समितिको बैठकले बिहानको निर्वाचन तालिकालाई बेलुका सार्ने निर्णय गरेको छ ।

उपाध्यक्ष बस्नेतले चैत्र २० गते बिहान ८ बजे उद्घाटन तय भएकोमा सार्ने तयारी भएको बताए । निर्वाचन हुने भए बेलुका तथा अर्कोदिनसम्म हुन सक्ने बताइएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार चैत्र १७ गतेबाट निर्वाचन प्रक्रिया सुरु भइ चैत्र २० गते हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने छ । दुलाल २०६७ देखि संघको नेतृत्वमा छन् ।

संघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडीपीको सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) सँग साझेदारीमा तरकारी बजार सञ्चालन गर्न लागेको छ । २०७५ मा सम्झौता भएपनि संघले अझै बजार सञ्चालन गर्न सकेको छैन । अबको नेतृत्वले सिएमडीपीको सम्झौता अनुसार काम गर्न चुनौति देखिएको छ ।

सिएमडीबाट ३ करोड बढी अनुदान प्राप्त गरेपनि जिल्ला संघले बजार सञ्चालनका लागि दुर्तगतिमा काम गर्न सकेको छैन । २०७२ चैत्र २८ गते भएको निर्वाचनबाट संघको नेतृत्वमा माधव दुलाल दोस्रोपटक अध्यक्ष भएका थिए ।

त्यतिबेला भएको निर्वाचनबाट उपाध्यक्षमा रामशरण बस्नेत, संचालकमा अम्बिकाकुमारी थापा, ईन्द्र घिमिरे, शशीधर पोखरेल, राजु खतिवडा, विनोद डंगोल, कर्ण देशार र केदार गोर्खाली छन् । त्यस्तै लेखा समिति संयोजकमा अनिलवीर बज्राचार्य र सदस्यमा प्रेमनारायण घिमिरे र अमृतबहादुर महर्जन छन् ।



Leave a comment