महासंघको सदस्यता सुद्धिकरण अभियान : २२ सदस्यता खारेज (लिष्ट सहित)

महासंघको सदस्यता सुद्धिकरण अभियान : २२ सदस्यता खारेज (लिष्ट सहित) :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियानअन्र्तगत पहिलोपटक २२ वटा संघहरुको सदस्यता खारेज गरिएको हो । महासंघका महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारी संघसंस्थालाई सुसाशनमा ल्याउन सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरिएको बताइन् । संघको सोमबार बसेको १९९ औं बैठकले निश्क्रिय रहेका संघको सदस्यता खारेज गरेको हो ।

‘सदस्य सघ सक्रिय बनाउन लागेका छौं’ उनले भनिन्,‘ यदी सक्रिय हुन नसक्ने भए सदस्यता खारेज गर्ने हो ।’ महासंघले संघहरुको व्यावसायिक योजना बनाउने, रणनीति बनाउन पनि सघाउने गरेको छ । सबल र आत्मनिर्भर संघ बनाउन उसले अभियान चालेको हो ।

३३५ वटा संघ महासंघको सदस्य भएकोमा  २२ वटा खारेज भएसँगै महासंघका सदस्य ३१३ कायम भएको छ । नियमित बैठक नस्बने, साधारणसभा नगर्ने संघलाई सक्रिय बनाउन पहल गर्ने, सक्रिय हुन नसके सदस्यता हटाउने महासंघको रणनीति छ ।

तर, अधिकांश केन्द्रीय संघहरु निश्क्रिय छन् । महासंघले केन्द्रीय संघहरुलाई पनि सक्रिय बनाउने गृहकार्य सुरु गरेको छ । महाप्रबन्धक सुब्बाले केन्द्रीय संघ पनि सक्रिय हुन नसके सदस्यताबाट हटाउने चेतावनी दिइन् ।
महासंघले ३५ दिने सूचना प्रकाशन गरि संघ नियमित गर्न नसक्नुको कारण सहित स्पष्टिकरण सोधेको थियो । महासंघलाई भुक्तानी गर्न बाँकी सदस्यता शुल्क बुझाउन पनि भनेको थियो ।

तर, लामो समयदेखि निश्क्रिय रहेको र सम्पर्कमा पनि नआएकाले सदस्यता खारेज गरिएको महासंघले जनाएको छ । महासंघले लामो समयदेखि बार्षिक सेवाशुल्क बुझाउन बाँकी तथा साधारणसभामा निरन्तर अनुपस्थित भएका संघहरुलाई समेत सूचना जारी खारेज गर्ने चेतावनी दिएको थियो ।



Leave a comment