सहकारी दिवसको नारा : चित्तबुझ्दो नआएपछि पुरानैलाई निरन्तरता 

सहकारी दिवसको नारा : चित्तबुझ्दो नआएपछि पुरानैलाई निरन्तरता  :: Sahakari Akhabar

काठमाडौं  ।  राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा पुरानोलाइनै कायम राख्ने निणर्य गरेको छ । संघको आज बसेको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम (नारा) नै कायम राख्ने निणर्य गरेको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस कै नारालाई यस वर्ष पनि निरन्तरता दिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिइन् ।

महासंघले फागुन ११ गते एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै थिम प्रस्तावको आव्हान गरेको थियो । तर, उक्त प्रस्ताव अनुसार कम प्रस्ताव आएको र आएका मध्ये पनि चित्तबुझ्दो नभएपछि पुरानै थिमलाई निरन्तरता दिएको महाप्रबन्धक सुब्बाले जानकारी दिइन् ।

नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक सहकारी वर्षमा राष्ट्रिय सहकारी महासंघले नारा तय गरी सहकारीलाई दिशानिर्देश गर्ने काम गर्दै आएको छ। ६४ औं राष्ट्रिय सहकारी दिवसमा तय भएको नाराले सार्थक रुप पाउँदै गरेको अवस्था छ । धेरै सहकारी संस्थाहरु प्रविधिमा समेत प्रवेश गरेको छ । नेपाल सरकारले पनि सहकारीलाई प्रविधिमा जान नीतिगत व्यवस्था यसवर्ष मात्रै गरिदिएको छ ।



Leave a comment