उत्पादनमुलक क्षेत्रलाई सस्तो व्याजदरमा कर्जा 

उत्पादनमुलक क्षेत्रलाई सस्तो व्याजदरमा कर्जा  :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुलक उद्योगलाई सस्तो ब्याजदर कर्जा उपलब्ध गराउन काम भइरहेको बताएका छन् । बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको जानकारी दिए । मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको जानकारी दिए ।

‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ चाँडै बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यममार्गी बाटो अपनाई समस्या समाधान गर्ने बताए । 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरूको ब्याजदरबृद्धिप्रति अर्थमन्त्रीले असहमति जनाउदै आएका छन् ।



Leave a comment