काठमाडौं । फागु पूर्णिमा (होली) को रौनक देशका पहाडी भूभागमा छाएको छ । दुई दिन मनाइने होली आज (बिहीबार) देशका पहाडी भूभागमा मनाइँदै छ । होली साना बालबालिकादेखि वृद्धवृद्धासम्मकाले खेलेका छन् । होलीलाई रंग तथा अविर दलेर एक आपसमा प्रेम साटासाट गर्ने पर्वको रुपमा लिइन्छ ।
कोभिडको सहज भएसँगै यसपाली होली धुमधामसँग मनाइएको छ । सहकारी तथा सहकारीकर्मीहरुले पनि पनि होली हर्सोल्लासका साथ मनाइरहेका छन् । सहकारी संस्थाहरुले नै होली मनाउने कार्यक्रम गरेका छन् । सञ्चालक तथा कर्मचारी मिलेर होली मनाइरहेका छन् ।
सहकारीकर्मीहरुले पनि परिवार तथा साथीहरुसँग होली मनाएको तस्बिर सार्वजनिक गरेका छन् । सहकारीकर्मीहरुले सामाजिक संजालमार्फत सेयर गरेको होलीको खुशीयाली यस्तो छ:








Leave a comment